२५ बैशाख २०८१, मंगलवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
स्वास्थ्यको क्षेत्रमा हरिवन नगरपालिका जिल्लाकै उत्कृष्ट नगरपालिका बाट सम्मानित  – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

स्वास्थ्यको क्षेत्रमा हरिवन नगरपालिका जिल्लाकै उत्कृष्ट नगरपालिका बाट सम्मानित 

प्रेमनाय पौडेल ।

हरिवन। सर्लाहीका स्वास्थ्य सेवा प्रबाह गर्ने २० वटा स्थानिय तह मध्ये हरिवन नगरपालिका सर्लाहीका उत्कृष्ट  नगरपालिका बाट सम्मानित भएको छ ।

जिल्ला सदरमुकाम मलंगवामा जिल्ला स्वास्थ्यकार्यालयले आयोजना गरेको वार्षिक स्वास्थ्य प्रवाह  कार्यक्रमको समिक्षा तथा कार्ययोजना कार्यक्रममा आर्थिक बर्ष ०७९/८० मा जिल्लाका १९ वटा स्थानिय निकाय लाई पछि पार्दै हरिवन नगरपालिका पहिलो भएको हो ।

जिल्लाकै पहिलो नगरपालिका मलंगवा ,प्रतिस्पर्धामा रहेका लालबन्दी ,हरिपुर ,बागमति बरहथवा नगरपालिका भन्दा हरेक स्वास्थ्यको क्षेत्र उत्कृष्ट कार्य सम्पादन गर्दै हरिवन नगरपालिकाले पहिलो स्थान प्राप्त गर्न सफल भएको जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ ।

स्वास्थ्य कार्यसम्पादनको १५वटा मापदन्ड र सुचक भित्र रहेर गत बर्ष प्रदेशकै १३६ स्थानिय निकाय मध्ये कार्य सम्पादन र स्वास्थ्य सेवा प्रवाहमा उत्कृष्ट कार्य गर्दै पहिलो स्थानमा रहेको लालबन्दी ,दोस्रो स्थान हासिल गरेको हरिपुर नगरपालिका लाई समेत पछि  पार्दै हरिवन नगरपालिका यस वर्ष जिल्लामै पहिलो नगरपालोका बन्न सफल भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख नवल किशोर झाले बताउनु भयो ।

 जिल्ला बाट प्रदान गरिएको  सम्मान पत्र हरिवन नगरपालिका का स्वास्थ्य साखा संयोजक रामबाबु चौधरीले ग्रहण गर्दै आफ्नो टिमको मेहनत लगाब र कार्यसम्पादनले गर्दा सम्मान प्राप्त गर्न पाउदा निकैनै गर्ब रहेको बताउनु हुदै थप जिम्मेवारी समेत थपिएको बताउनु भयो ।

आफ्नो यस कार्यमा सबैको साथ सहयोगले नै प्रथम स्थान हासिल गर्न सफल भएको प्रति नगरवासि राजनितिक दलका प्रतिनिधि ,बुद्दिजिबि स्वास्थ्यकर्मि महिलास्वास्थ्य स्वयमसेबिका पत्रकार लगायत सबै धन्यबादको पात्र रहनु भएको बताउनु भएको छ ।

यस वर्ष  कार्य सम्पादनको आधारमा हरिवन पहिलो हरिपुर दोस्रो ,ईश्वरपुर तेस्रो ,गोडैता चौथो र चन्द्रनगर गाउपालिका पाचौ भएको छ ।

कार्यक्रममा प्रदेश सासंद कैसल किशोर यादब मधेश प्रदेश स्वास्थ्य आपुर्तिब व्यवस्थापन  केन्द्रका प्रमुख महिला तथा प्रसुती रोग विशेषज्ञ डाक्टर सचिन कुमार यादव, साहयक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरे लगायत्को उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.