१२ चैत्र २०८०, सोमबार | Email:- [email protected] | [email protected]
प्रतिबन्धित लागु औषध गाँजा सहित युवक पक्राउ – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

प्रतिबन्धित लागु औषध गाँजा सहित युवक पक्राउ

सर्लाही,२७ पुष । सर्लाहीको हरिवन नगरपालिकामा प्रतिबन्धित लागु औषध गाँजा सहित एक जना युवक पक्राउ परेका छन । पक्राउ पर्नेमा हरिवन नगरपालिका वडा नं.५ बस्ने २० वर्षिय सुनिल महतो रहेका छन । महतोको साथबाट ५ किलोग्राम प्रतिबन्धित लागु औषध फेला परेको प्रहरीले जनाएको छ ।

बुधबार हरिवन नगरपालिका वडा नं. ४ स्थित भित्री सडक खण्ड्मा प्रहरी निरीक्षक मुकेश ताम्राकारको कमान्डमा खटिएको सरप्राईज चेकिङले लागु औषध गाँजा सहित महतोलाई नियन्त्रण लिएको थियो ।

पक्राउ परेका युवकले ना ४४ प ४२८९ नं. को पल्सर मोटरसाइकलमा पछाडी बोकेको रातो रंगको झोलामा गाँजा लादै गरेको समयमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेको महतोलाई ईलाका प्रहरी कार्यालय हरिवनमा राखिएको तथा अन्य अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक बिजय यादवले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.