१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमा पहिलो पटक लालबन्दी नगरपालिकाले गर्याे नगरसभामा संसदीय अभ्यास,६ विधेयक सर्वसहम्मत पारित – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारसमाजस्थानीय

सर्लाहीमा पहिलो पटक लालबन्दी नगरपालिकाले गर्याे नगरसभामा संसदीय अभ्यास,६ विधेयक सर्वसहम्मत पारित

सर्लाही,२७ पुष । सर्लाहीमा पहिलोपटक लालबन्दी नगरपालिकाले आफनो नवौं नगरसभामा संसदीय अभ्यास सुरु गरेको छ ।नगर सभा चल्दै गरेको दृश्य हेर्दा संघीय संसदमै प्रवेश गरेको अनुभुती भईरहेको सभामा सहभागीहरुले बताए ।

पुस २२ बाट सुरु भएको लालबन्दी नगरपालिकाले नवौं अधिवेशनमा विभिन्न ६ वटा विधेयक माथि छलफल गरि निर्नायार्थ प्रस्तुत गरिएको थियो । लालबन्दी नगरपालिकाको विधेयक अधिवेशनमा संस्था दर्ता विधेयक ,सावारी तथा यातायात विधेयक,फोहोरमैला व्यवस्थापन विधेयक,जलश्रोत संरक्षण तथा व्यवस्थापन विधेयक,भूउपयोग विधेयक र नगरको संगठन तथ व्यवस्था सर्वेक्षण प्रतिवेदन २०७९ छलफल गरि निर्णायार्थ प्रस्तुत गरिएको थियो ।

नगर सभाले उक्त विधेयक सर्वहम्मत पारित गरेको छ ।पुस ३० गते हुने दोस्रो बैठका लागि थप ३ वट विधेयक प्रस्तुत भएको लालबन्दी नगर प्रमुख वासुदेव अधिकारीले जानकारी दिए । आज प्रस्तुत खेलकुद व्यवस्थापन विधेयक,आन्तरिक कार्यप्रणाली नियन्त्रण विधेयक र नगरपालिकाको भवन निर्माण तथा नियम मापदण्ड २०७९ छलफलका लागि प्रस्तुत भएको सभाध्यक्ष लालबन्दी नगरपालिकाका प्रमुख अधिकारीले जानकारी दिए ।उनका अनुसार प्रस्तुत विधेयक उपर दफावार छलफल गरि पुस ३० गतेको बैठकमा निर्णयार्थ प्रस्तुत गरिने छ ।

लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइटेलले नगरपालिकामा पहिलो पटक संसदीय अभ्यास भएको बताउनुभयो । गाउँसभा,नगरसभा तथा जिल्लासभा प्रदेशको कानुन टेकेर गर्ने संसदीय अभ्यास भएको प्रशासकीय अधिकृत लुईटेलले जानकारी दिनुभयो । स्थानिय तहको सभा स्थानिय संसद हो , ऐनको दफा अनुसार नै काम गरेको छु ।स्थानिय तहको सभामा सरकारी प्रस्ताव मात्र जान्छ । कार्यापालिका सदस्यले ३ दिन अघि नै विधेयक पेश गर्ने प्रावधान भएको हुदाँ आज पेश गरिएको विभिन्न विधेयक मध्ये ६ वटा विधेयक सर्वसहमतीले पारित भएको प्रसाकीय अधिकृत लुईटेलले बताउनुभयो ।

नगर सभाको शून्य समयमा बोल्दै वडा नं १ का वडाध्यक्ष हरिहर बहादुर भट्टराईले नगरसभामा संसदीय अभ्यास भएकाले आफुलाई धेरै खुसी लागेको बताए । उनले सर्लाहीमा पहिलोपटक नै यस्तो अभ्यास गरिएको दावी गरे ।आज पारित विधेयकलाई प्रमाणीकरण अभिमुखिकरण तथा राजपत्रमा प्रकाशित गर्न सभाध्यक्ष एवम् लालबन्दी नगरपालिकाका प्रमुख अधिकारीले सचिवालयलाई निर्देशन दिएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.