२६ जेष्ठ २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
लालबन्दीमा स्याहारकर्ता प्रशिक्षण कार्यक्रम सुरु – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

लालबन्दीमा स्याहारकर्ता प्रशिक्षण कार्यक्रम सुरु

सर्लाही २७ पुष । सर्लाहीको लालबन्दी नगरपालिकामा स्याहारकर्ता प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।नेपाल सरकार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय जेष्ठ नागरिक महासंघको संयुक्त आयोजना तथा छत्र प्रधानको अध्यक्षतामा प्रशिक्षण कार्यक्रमको उदघाटन गरिएको थियो ।

वृद्ध अवस्था व्यवस्थापनको लागि वृद्ध (ज्येष्ठ नागरिक ) स्याहार– सुसार के कसरी गर्न सकिने विषयमा प्रशिक्षण गरिने आयोजक संस्थाले जनाएको छ ।प्रशिक्षण कार्यक्रम बुधबार बाट सुरु भइ शुक्रवार समापन गरिने आयोजक संस्थाले जनाएको छ।

प्रमुख अतिथि लालबन्दी नगर प्रमुख वासुदेव अधिकारीले ज्येष्ठ नागरिक प्रति नगरपालिका गम्भीर भएको बताउनुभयो । उहाले नगरपालिकाले चालु आवमै ज्येष्ठ नागरिकका लागि कार्यक्रम राखेको बताउनुभयो ।

कार्यक्रममा सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदी, राष्ट्रिय जेष्ठ नागरिक महासंघका केन्द्रीय उपाध्यक्ष सारदा चन्द, ईलाका प्रहरी कार्यलय लालबन्दीका प्रमुख लगायत विभिन्न व्यक्तिको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.