२ असार २०८१, शनिबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
विद्यालयमा अक्षयकोष स्थापना गर्न नगददान गर्ने खड्कालाई कदरपत्रबाट सम्मान – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

विद्यालयमा अक्षयकोष स्थापना गर्न नगददान गर्ने खड्कालाई कदरपत्रबाट सम्मान

भक्तिपुर । सर्लाहीको ईश्वरपुर नगरपालिका–३, रहेको सरस्वती मावि भक्तिपुरमा अक्षयकोष स्थापना गर्न नगद दान गर्ने समाजसेवी अर्जुन खड्कालाई सम्मान गरिएको छ ।
 विद्यालयको शैक्षिक उनन्नयका लागि भन्दै सोही ठाउँ निवासी समाजसेवी अर्जुन कुमार खड्काले आफ्ना दिवंगत बुवा नरबहादुर खड्का, आमा पवित्रादेवी खड्का र काका गणेश बहादुर खड्काको स्मृतिमा २ लाख १० हजार रुपैयाँको अक्षयकोष स्थापना गर्न विद्यालयलाई दान गर्नुभएको थियो ।
बालविकास मंगलवार विद्यालयमै एक कार्यक्रमको आयोजना गरी समाजसेवी खड्कालाई खादामालासहित कदरपत्रबाट सम्मान गरिएको विद्यालयले जनाएको छ । अक्षयकोष स्थापनाका लागि नगददान गर्नुहुने खड्कादम्पतिलाई ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार आचार्यले सम्मान गर्नुभएको थियो । सम्मानपछि आफ्नो धारणा राख्नुहुँदै मेयर आचार्यले समाजसेवी खड्काको उच्च प्रशंसा गर्नुभएको थियो । मेयर आचार्यले आफू मेयरमा जितेर आएपछि नगरको शैक्षिक क्षेत्रमा सुधारका संकेतहरु देखिएको भन्नुहुँदै शैक्षिक सुधारको कार्यमा अर्जुन खड्का जस्ता शिक्षासेवी समाजसेवीहरुको सदैव खाँचो रहने बताउनुभयो ।
विद्यालयलका एक शिक्षकले दिनुभएको जानकारी अनुसार समाजसेवी खड्काले सरस्वती माध्यमिक विद्यालयको शैक्षिक उन्नयनका लागि छात्रातर्फ एक लाख ५ हजार र छात्रतर्फ एकलाख ५ हजार गरी कुल दुई लाख दश हजारको अक्षयकोषका लागि नगददान गर्नुभएको थियो ।
समाजसेवी खड्काको सहयोगमा स्थापना भएको अक्षयकोषको रकमबाट आएको व्याजले वार्षिक रुपमा विद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार छात्रछात्रालाई छात्रवृति प्रदान गरिने विद्यालयले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please off your AdBlocker.