१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
गिट्टि बालुवा उत्खन्न गरी लोड गरिरहेको टिपर, जेसिबी र चालक प्रहरीको नियन्त्रणमा – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

गिट्टि बालुवा उत्खन्न गरी लोड गरिरहेको टिपर, जेसिबी र चालक प्रहरीको नियन्त्रणमा

लालबन्दी,२९ पुष । सर्लाहीको लालबन्दी नगरपालिकामा मापदण्ड विपरित गिट्टि बालुवा उत्खन्न गरी लोड गरिरहेको टिपर र जेसिबी प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रवार लालबन्दी नगरपालिका वडा नं. १ स्थित लखन्देही खोलामा ७ नं टोल नजिकै मापदण्ड विपरित गिट्टि बालुवा उत्खन्न गरी लोड गरिरहेको अवस्थामा ९ वटा टिपर र २ वटा जेसिबी सहित चालक पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले मापदण्ड विपरित गिट्टि बालुवा उत्खन्न गरी लोड गरिरहेको ना ७ ख २६६५, ना ७ ख ८९२१, ना ७ ख ५९९५, ना ७ ख५४५६, ना ७ ख ६४३९, ना ७ ख २९८५, ना ७ ख ६७८९, प्र–२–०३–००१ख ४२४३ र प्र–२–०३–००१ख०२०१ नम्बरहरुको टिपर र जेसिबीहरु प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

यसैगरी गिट्टि बालुवा उत्खन्नमा संलग्न टिपर चालकहरु हेटौडा उपमहानगरपालिका– १९ बस्ने वर्ष ३१ को जिवन ठाकुरी, वर्ष ५२ को धाना बाहदुर लामा, वर्ष ३३ को सरोज पुरी, मकवनानपुर मानारी गा.पा– ७ बस्ने वर्ष ३१ को मिलन, मानारी गा.पा –४ बस्ने वर्ष ३१ को आयुश प्रजा, वर्ष ३४ को सुरेश प्राजा, हेटौडा उपमहानगरपालिका –१० बस्ने वर्ष २७ को अमिर अनशरी, बाराको निजगंड ना.पा ४ बस्न ेवर्ष २५ को विशल सपकोट, उदयपुर ना.पा.कटारी वडा न.७ बस्ने वर्ष ४२ कोइन्द्र बाहदुर दुनुवार पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत तथा प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए ।

यसैगरी जेसिबी जेससिबी चालक झापा कान्कई ना .पा २ बस्ने वर्ष ३९ को गणेश न्यौपाने, सिराह धनगडी ना.पा. बस्ने वर्ष ३५ सन्तोष कुमार चौधरी पक्राउ परेको सूचना अधिकृत यादवले बताए । नियन्त्रणमा लिइएको टिपर, जेसिबी र चालक ईलाका प्रहरी कार्यालय नवलपुरको नियन्त्रणमा रहेका र अन्य अनुसन्धान कार्य भईरहेको सूचना अधिकृत यादवले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.