सदरमुकाम मलंगवामा विद्युतीय सुरक्षा दिवस मनाइयो

विधुत बितरण केन्द्र मलंगवाले विद्युतीय सुरक्षा दिवस बिभिन्न चेतना मुलक कार्यक्रम गरेर मनाएको छ ।
सुरक्षा प्रतिको चासो, दुर्घटनाबाट बच्ने “विद्युत दुर्घटनाबाट बच्न सचेत रहौं, सम्वृद्धिको लागी विद्युतको सदुपयोग गरौं” सुरक्षा सामाग्री साथमा आफनो सुरक्षा आफनै हातमा, नगरौं है चोरीको धन्दा, परिएला है कानुनको फन्दा, भन्ने नाराका साथ विद्युतीय सुरक्षा दिवस मनाएको बिधुत बितरण केन्द्र मलंगवाका प्रमुख उमेश प्रसाद यादवले बताउनु भयो ।
हरेक वर्ष २६ चैत्रमा विद्युतीय सुरक्षा दिवस मनाउन सुरु गरिएको हो । नेपाल विद्युत प्राधिकरणको आयोजनामा विगत २ वर्ष यता विद्युतीय दुर्घटना न्यूनीकरणका लागी जनचेतना दिन सुरक्षीत विद्युत सेवाको सहज पहुँच, गुणस्तरिय सामानको प्रयोग र किफायती उपभोग एवं चुहावट नियन्त्रण कार्यको उपभोक्तामा वढी भन्दा वढी सचेतना र जागरुकता संचार गरी विद्युत दुर्घटनामा कमी ल्याउनु यो दिवसको मुख्य उद्देश्य रहेको बिधुत बितरण केन्द्र मलंगवाका प्रमुख यादवले जानकारी दिनुभयो ।आज बिहान बिधुत बितरण केन्द्र मलंगवाका प्रमुख यादवको नेतृत्वमा प्रभातफेरी नगर परिक्रमा गरि विद्युतीय दुर्घटनाबाट वच्न गुणस्तरीय उपकरणको प्रयोग सुरक्षाका उपकरण अवलम्वन गरी दुर्घटनाबाट बच्न र विद्युतीय सुरक्षा दिवसमा मनाएका छन् ।
प्रभातफेरीमा बिधुत बितरण केन्द्र मलंगवामा कार्यरत कर्मचारी, प्राविधिक सहितका व्यतिmहरुले प्लेकार्ड सहित जनचेतना अभिवृद्धि गर्ने बारेमा नारा लगाउदै प्रभातफेरी गरिएको छ । विद्युत वितरण प्रणालीमा कार्यरत जनशक्तिलाई विद्युतीय सुरक्षाको महत्व बुझाउने, सुरक्षात्मक उपकरणको प्रयोग गर्न लगाउने, विद्युत माग र आपूर्ति पक्षको व्यवस्थापन गर्ने र किफायती उपकरणको प्रयोगमा जानकारी गराई गुणस्तरीय उपकरण मात्र प्रयोग गर्न समग्र उपभोक्ता वर्गलाई जनचेतना जगाउने काम यस बिधुत बितरण केन्द्र मलंगवाबाट भईरहेको लेखापाल हृदय नारायण चौधरीले बताउनुभयो ।