
सर्लाही,२ माघ। हाम्रो नेपाली पार्टीको प्रदेश स्तरीय बैठक जनकपुरधाममा सम्पन्न भएको छ । बैठकले सर्लाही निवासी डा. बीरबंश बैठाको संयोजकत्वमा दस सदस्य प्रदेश समिति गठन गरेको छ ।
हाम्रो नेपाली पार्टीका केन्द्रिय अध्यक्ष अनन्त राज घिमिरेको प्रमुख आतिथ्यतामा बसेको बैठकबाट प्रदेश समितिको संयोजकमा डा. बैठा, सह–संयोजकमा गुडी जोसी, र सदस्यहरुमा जितेन्द्र कुमार महतो, देव नारायण साह, विवेक कुमार ठाकुर, छठु रजक, चन्द्र प्रकाश सुवेदी, श्रीराम महतो, चन्द्र नारायण कुशवाहा, युक्तीलाल राय सर्वसहमती बाट चयन भएको छ।
नव गठित समितिले तीन महिना भित्र जिल्ला, पालिका र वडा स्तरीय समिति गठन गरि पार्टीलाई ससक्त बनाई हरेक क्षेत्रमा खवरदारी गर्ने निर्णय समेत गरेको हाम्रो नेपाली पार्टीले जनाएको छ ।