१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
बालकृष्ण स्मृति पुरस्कार विद्यार्थीलाई – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

बालकृष्ण स्मृति पुरस्कार विद्यार्थीलाई

हरिवन । स्वर्गीय वालकृष्ण वाग्ले स्मृति पुरस्कार कोषवाट आज सर्लाहीको हरिवनमा दुई जना विद्यार्थी पुरस्कृत भएका छन ।
हरिवन नगरपालिका वार्ड नम्वर ८ मा रहेको जनजागृति माध्यमिक विद्यालयमा अध्ययनरत अन्जली स्याडतान एबं सविन राई हायु वालकृष्ण वाग्ले स्मृति पुरस्कारवाट पुरस्कृत हुनु भएको हो । उहाँहरुलाई प्रमाण पत्र र नगद ३/३ हजार पुरस्कार दिइएको कोषका सस्थापक चूडामणि वाग्लेले जानकारी दिनुभयो ।
स्वर्गीय वालकृष्ण वाग्लेको परिवारले उक्त विद्यालयमा एक लाखको अक्षय कोष राखेको छ । कोषको व्याजवाट हरेक वर्ष कक्षा ८ मा सर्वोत्कृष्ट अंक ल्याउने एक छात्रा र एक छात्रलाई पुरस्कार प्रदान गर्ने गरिएको छ ।
विद्यालयको प्रांगणमा आयोजित एक समारोह विच हरिवन नगरपालिकाकी उपप्रमुख हरिमाया घलान एवं स्वर्गीय वालकृष्ण वाग्लेकी धर्ममत्नी पवन कुमारी वाग्लेले पुरस्कार प्रदान गर्नु भएको थियो ।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष चित्र प्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानअध्यापक चन्द्र मोहन झा र कोषका सस्थापक चूडामणि वाग्लेले पुरस्कारको महत्वको वारेमा धारणा राख्नु भएको थियो । कार्यक्रममा विद्यार्थीहरुले सास्कृतिक प्रस्तुती समेत प्रस्तुत गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.