१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सामुदायिक वन उपभोक्ता महासंघले २९ ओैं स्थापना दिवस मनायो – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

सामुदायिक वन उपभोक्ता महासंघले २९ ओैं स्थापना दिवस मनायो

सर्लाही,१८ जेष्ठ । सामुदायिक वन उपभोक्ता महासंघ सर्लाहीले शुक्रबार २९ ओैं स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ। वन दिगो व्यवस्थापन र सामुदायिक अधिकार ,सुशासन अर्थतन्त्र समृद्धिको मुल आधार भन्ने नारा दिवस मनाएको हो ।

सामुदायिक वन उपभोक्ता महासंघको दिवस मनाउन सर्लाहीमा रहेका विभिन्न सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधि र उपभोक्ताहरुको सहभागीता रहेको थियो ।

कार्यक्रम सामुदायिक वन उपभोक्त महासंघ सर्लाहीका अध्यक्ष सीताराम पोखरेलको अध्यक्षतामा सम्पन्न भएको हो। विहानी सामुदायिक वन उपभोक्त समिति मुर्तिया हजारविधाको सहयोगमा आयोजित कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको बरहथवा नगरपालिकाका मेयर कल्पना कुमारी कटुवालले उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा हरिवन नगरपालिकाका उप–मेयर हरिमाया घलान, सामुदायिक वन उपभोक्ता महासंघ केन्द्रीय सदस्यहरु उत्तर कुमार मैनाली ,पार्वती विक , रिता कुवँर लगायतकाको सहभागी रहेको थियो । कार्यक्रमका सहभागीलाई सामुदायिक वन उपभोक्त महासंघले विभिन्न जातका विरुवा वितरण गरिएको थियो ।

स्थपना दिवसमा सहभागी विभिन्न वक्ताहरुले सामुदायिक वन उपभोक्ता महासंघलाई शुभकामना दिनुभएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.