
सर्लाही,८ माघ । सर्लाहीको गोडैता नगरपालिकामा १ सय १५ जनालाई न्यानो कपडा वितरण गरिएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम गोडैता नगरपालिका वडा नं. ५ रामवनका अति विपन्न, गरिब र दलित समुदायहरुको व्यक्तिहरुलाई न्यानो कपडा(ब्लैकेंट) वितरण गर्नुभएको छ ।
नेपाल सरकार र मधेश प्रदेश सरकारको आर्थिक सहयोगमा जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीको तर्फ बाट प्रजिअ गौतमले १ सय १५ जना व्यक्तिहरुलाई न्यानो कपडा वितरण गर्नुभएको जिल्ला प्रशासन कार्यालय सर्लाहीका कम्प्युटर अपरेटर मुकेश यादवले जनाएको छ ।
न्यानो कपडा वितरण कार्यक्रममा सर्लाहीका प्रमुख सेनानी अभिषेक कार्की, सर्लाही प्रहरी प्रमुख नरेश राज सुवेदी, सशस्त्र प्रहरी प्रमुख भरत खनिया, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय सर्लाहीका प्रतिनिधि सन्तोष ढुंगेल,सामुदायिक दिगो विकास सेवा समाज मलंगवाका कार्यक्रम निर्देशक विरेन्द्र कुमार गुप्ता,समाजिक विकास केन्द्रका कार्यक्रम निर्देशक हरिचन्द्र प्रसाद कुशवाहा,गोडैता नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष प्रकाश प्रसाद गुप्ता लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।