
सर्लाही,७ माघ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको गृह मन्त्रालयमा सरुवा भएको छ ।
सर्लाहीमा प्रमुख जिल्ला अधिकारीका रुपमा १ वर्ष २३ दिन विताएको गौतमको गृह मन्त्रालयमा सरुवा भएको छ ।
कुशल प्रशासक, कुशल अभिभावक र कुशल समन्वयकर्ताको रुपमा भूमिका निभाएको जिल्लावासीको बुझाई छ ।
जुन बेला प्रमुख जिल्ला अधिकारीको रुपमा गौतमको सर्लाहीमा सरुवा भयो त्यो बेला जिल्लाको अवस्था अत्यन्त जटिल थियो ।
ईश्वररपुर घटना आलै थियो । नागरिक समाज, पेशाकर्मी, व्यवसायी लगायत सर्वसाधरण निकै आजित र असन्तुष्ट थिए ।
कार्यालयमा सेवाग्राहीको अत्याधिक चापका कारण सेवा प्रवाहमा भएको ढिलासुस्ती, जिल्लाको समग्र शान्ति सुरक्षा, नेपाली काग्रेसको जिल्ला अधिवेशन लगायतका समस्या समाधन गरी जिल्लालाई समान्य अवस्थामा फर्काउन कम्ति चुनौतीपूर्ण थिएन ।
प्रजिअ गौतम कत्ति पनि विचलित नभई असल मनसायले ईश्व रपुर घटनाका पिडितलाई क्षतिपूर्ति, राहत र राज्यबाट नागरिकको सूरक्षाको सुनिश्चित गराउनु, सीमा अपराध, लागु औषध प्रयोग तथा ओसार पसार रोकथाम र नियन्त्रण, नेपाली काग्रेसको जिल्ला अधिवेशन सफलता पूर्वक सम्पन्न गराउनु, कार्यालय भिड व्यवस्थापन गरी सेवा प्रवाहलाई सहज र सरल बनाउनु जस्ता जिम्मेबारीलाई कुशलतापूर्वक निर्वाह गरी जिल्लावासीको भरोसा, विश्वाास र मन जित्न् सफल भए ।
संवेदनशील जिल्लाको रुपमा चिनिएको सर्लाहीमा मानवीय क्षति तथा झडपरहित सर्लाहीको इतिहास मै पहिलो पटक स्थानीय तह निर्वाचन, २०७९ र प्रतिनिधि सभा तथा प्रदेश सभा सद्स्य निर्वाचन, २०७९ सफलता पूर्वक सम्पन्ना गराउनु , नेपाल सरकार, मन्त्रालय, र मधेश प्रदेश सरकारबाट प्राप्त राहत समाग्रहीहरु पारदर्शी रुपमा वितरण गर्नुका साथै हुलाकी राजमार्ग निर्माण कार्यमा निर्वाह गर्नु भएको भुमिका कारण प्रजिअ गौतमलाई सर्लाहीबासीले सधै सम्झिरहने पत्रकार सोम दियालीले बताए ।