१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
संक्रमण राेकथाम तथा नियन्त्रण सम्बन्धी ३ दिने तालिम सुरु – Nigrani Today
ताजा खबरसमाचारसमाजस्थानीय

संक्रमण राेकथाम तथा नियन्त्रण सम्बन्धी ३ दिने तालिम सुरु

लालबन्दी । सर्लाहीको लालबन्दीमा संक्रमण राेकथाम तथा नियन्त्रण सम्बन्धी ३ दिने तालिम सुरु भएको छ।

स्वास्थ्य कर्मचारीहरुलाई संक्रमण राेकथाम तथा नियन्त्रण सम्बन्धी ३ दिने तालिम आजबाट लालबन्दी स्थित हाेटेल युनाइटेडमा संचालन गरिरहेको छ।

ग्रामीण नारी उत्थान संघ हरिपुर-२, सर्लाहीको आयोजना तथा सेभ द चिल्ड्रेनकाे आर्थिक सहयाेग र हरिपुर, ईश्वरपुर नगरपालिकाको समन्वयमा संचालित समुन्नति परियाेजना अन्तर्गत उक्त तालिम सुरु गरिएको छ।
ईश्वरपुर र हरिपुर नगरपालिकाका २४ जना स्वास्थ्यकर्मीहरुलाई संक्रमण राेकथाम तथा नियन्त्रण निर्देशिका २०७९ ले निर्देशित गरेकाे संक्रमण राेकथाम तथा नियन्त्रणका सिफारिसहरुमा अध्यावधिक भई स्वास्थ्य सेवा प्रदान गर्दा सिफारिस गरे अनुरुप व्यवहारमा ल्याउने उदेश्यले साे कार्यक्रम संचालन गरिएकाे आयाेजक संस्थाले जानकारी दिएको छ ।

तालिम ग्रामीण नारी उत्थान संघका उपाध्यक्ष विष्णु प्रसाद चालिसेकाे अध्यक्षतामा संचालन भएकाे थियो। कार्यक्रममा ग्रामीण नारी उत्थान संघका कार्यकारी निर्देशक डा. कमल बहादुर थिङ, परियाेजना संयाेजक दिपक भण्डारी, फिल्ड अधिकृत ममता मुर्मु र सेभ द चिल्ड्रेन बर्दिवासको स्वास्थ्य तथा पोषण संयोजक खुश्बु झाकाे उपस्थिति रहेको थियो ।

तालिम २४ गते सम्ममा संचालन हुने आयाेजक संस्थाका फिल्ड सुपरभाईजर राम विश्वास चाैधरीले जानकारी दिनुभयो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.