१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
६२ जना विपन्न घरघुरीलाई ग्राजुएसन – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

६२ जना विपन्न घरघुरीलाई ग्राजुएसन

महोत्तरी, २३ जेष्ठ । एकिकृत ग्रामिण विकास समाज, महोत्तरीले वल्र्ड भिजन इन्टरनेसनल नेपालको साझेदारीमा संचालन गरिरहेको पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत सहयोग गरिएका ६२ अति विपन्न घरधुरीलाई एक कार्यक्रमका बीच सम्मान गरी ग्राजुएसन गरिएको छ ।

सो कार्यक्रममा बोल्नु हुँदै प्रमुख अतिथि एकडारा गाउँपालिकाका अध्यक्ष दिप नारायण मण्डलले परियोजनाले सहयोग गरे पछि ग्रामीण महिलाहरु ब्यवसाय संचालन गरेर आयआर्जनका क्रियाकलापमा सक्रिय भएको बताउनुभयो । “संस्थाले सहयोग गरेपछि गाउँघरमा धेरै जना महिलाहरु उद्यमी बनेका छन् ।” अध्यक्ष मण्डलले भन्नुभयो “परिवारको गर्जो टार्न र घर खर्च चलाउन सजिलो भएको पाएका छौं ।”

संस्थाद्वारा संचालित अति विपन्न घरधुरी स्नातक परियोजना मोडल अन्तर्गत एकडारा गाउँपालिकामा ४ सय ४ जना अति विपन्न घरधुरीलाई विभिन्न प्रकारको सीप, तालिम प्रदान गरी ब्यवसाय सहयोग गरिएको कुरा संस्थाका फोकल पर्सन उमेश न्यौपानेले जानकारी दिनुभयो ।

परियोजना मोडल अनुसार सामाजिक सुरक्षा, वित्तिय समावेशीकरण, सामाजिक सशक्तिकरण र जीविकोपार्जन प्रवद्र्धन गरी चार वटै क्षेत्रका सूचकमा सहभागी घरधुरी पहिलेको अवस्थाबाट माथि उठ्न सफल भई परिवर्तन भएका ६२ घरधुरीलाई ग्राजुएसन गरिएको कुरा कार्यक्रम ब्यवस्थापक कुमार भण्डारीले जानकारी दिनुभयो ।

संस्थाका उपाध्यक्ष फुलमाया घिसिङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा एकडारा गाउँपालिका वडा नं. १ का अध्यक्ष मनोज कुमार मण्डज, वडा नं. २ का अध्यक्ष सखीचन्द्र यादव, वडा नं. ५ का अध्यक्ष सेराजुद्दिन अन्सारी, वडा नं. ४ का का.वा. अध्यक्ष दर्बेस राय यादव, वल्र्ड भिजन इन्टरनेसनल नेपालका रामनारायण साह लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

सो अवसरमा ब्यवसायमा सक्रिय भई ग्राजुएसन हुन सफल ६२ जनामध्ये ८ जनालाई उत्कृष्ट ब्यवसायी (च्याम्पियन) का रुपमा सम्मान समेत गरिएको थियो । कार्यक्रमको संचालन संस्थाको कार्यक्रम अधिकृत आरती चौधरीले गर्नुभएको थियो भने कार्यक्रम ब्यवस्थापक कुमार भण्डारीले कार्यक्रमको उद्देश्यको बारेमा प्रकाश पार्नुभएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.