१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
विदेशको ग्रीन कार्ड लिनेहरुले नेपालको खर्बौ रकम अबैध रुपमा विदेश लगिरहेका छन्–प्रभु साह – Nigrani Today
ताजा खबरसमाचार

विदेशको ग्रीन कार्ड लिनेहरुले नेपालको खर्बौ रकम अबैध रुपमा विदेश लगिरहेका छन्–प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) अध्यक्ष एवं सांसद प्रभु साहले विदेशको ग्रीन कार्ड लिएका धनाढ्य, ब्यापारी र राज्यको उच्चपदस्थ अधिकारीहरुले नेपालको खर्बौं रकम अवैध ढंगले विदेश लगिरहेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आ.ब.२०८१÷०८२ को बजेट बारेमा सम्बोधन गर्दै उनले यसरी नेपालको पैसा विदेश लैजान नपाउने गरी अर्थ नीति आउनुपर्नेमा त्यो नभएको टिप्पणी गरेका छन् ।

‘देशका ठूल्ठूला धनाढ्यहरु, राज्यका उच्चपदस्थ अधिकारीहरु विदेशको ग्रीन कार्ड लिने, विदेशको नागरिकता लिने र नेपालको खर्बौ रकमहरु अवैध ढंगले विदेश पुर्याउने काम गरिरहेका छन् । यसलाई राज्यले रोक्नेगरी बजेट आउनुपथ्र्यो । यसमा नजरअन्दाज भएको मैले देख्दैछु’ साहले भने ।

साथै, विदेशका कमदारहरुको रेमिट्यान्स हुण्डी कारोबारीहरुले लुटेको ब्ल्याक मनीसँग साटिरहेको पनि उनले बताए । उनले लाखौं मजदुरहरुले विदेशमा गएर काम गरेपनि त्यसको लाभ नेपालले लिन नसकेको बताए । उनले वैदेशिक रोजगारीमा गएकाहरुको घरमा हुण्डी कारोबारीहरुले ब्ल्याक मनी पुर्याइरहेको पनि बताए ।

नेपालको सम्पत्ति विदेशमा लान नपाउने गरी नीति आउन पर्नेमा त्यो नदेखिएको उनले बताए । उनले विदेशको नागरिकता लिइसकेका नेपालीको सम्पत्ति राज्यको नाममा आउनुपर्ने बताए । उनले देशको अर्थतन्त्रलाई नयाँ उचाइ दिनेगरी बजेट आउनुपर्नेमा त्यो सम्भव नभएको बताए । उनले बजेटको समानुपातिक वितरणसमेत नभएको बताए ।

यस्तै सिमावर्ती क्षेत्रका नागरिकले कुनै समान ल्याउदा त्यसको निजिसम्पती जफत गर्नु गलत रहेको बताउँदै उनले त्यसमा जरिवाना गर्न सकिने बताए । यदी सिमावर्ती क्षेत्रका नागरिकले कर नतिरी कुनै समान ल्याउदा जफत गर्ने हो भने सम्पती कर, लाभ कर, आय कर नबुझाउनेको पनि सम्पती जफत गर्नुपर्ने बताए । राज्यको दोधारे नीतिले सिमावर्ती क्षेत्रका नागरिकहरु दुख पाईरहेको उनले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.