१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
स्वयम् सेवीकाहरुलाई प्रोत्साहन स्वरुप साईकल वितरण – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

स्वयम् सेवीकाहरुलाई प्रोत्साहन स्वरुप साईकल वितरण

सर्लाही । सर्लाहीको ईश्वरपर नगरपालिकामा महिला सामुदायिक स्वास्थ्य स्वयम् सेवीकाहरुलाई साइकल वितरण गरिएको छ । वडा नं. १० बेला स्वास्थ्य चौकीको मातहतमा रहेको १० जना स्वयम् सेवीकाहरुलाई प्रोतसाहन स्वरुप उक्त साइकल वितरण गरिएको छ ।

निस्वार्थ भावनाले अहोरात्री स्वास्थ्य क्षेत्रमा निरन्तर रुपमा योगदान गरिरहेको हुदा वडा नं. १० र ११ बाट आ. व. २०८०÷०८१ को विनियोजित बजेटबाट सो साइकल प्रदान गरिएको हो ।

सो कार्यक्रम ईश्वरपुर नगरपालिका वडा नं. १० का वडा अध्यक्ष राश नारायण चौधरीको अध्यक्षता र प्रमुख अतिथि ईश्वरपुर नगरपालिका वडा नं. ११ का कार्यवाहक वडा अध्यक्ष राम पुकार चौधरी, कार्यपालिका सदस्य बिनिता कुमारी चौधरी, शैल्या देवि, वडा सदस्य सर्मिता कुमारी देवी, सुमिन्त्रा देवी माझी र बेला स्वास्थ्य चौकी प्रमुख सुरेश प्रसाद सिंह , वडा नं. १० र ११ का वडा सचिव प्रमेन्द्र कुमार चौधरीको उपस्थितिमा साइकल वितरण गरिएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.