१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
विश्व वातावरण दिवसको अवसरमा ईश्वरपुरमा वृक्षारोपण – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

विश्व वातावरण दिवसको अवसरमा ईश्वरपुरमा वृक्षारोपण

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिकामा वडा स्तरीय बाल अधिकार समितिद्वारा वृक्षारोपण कार्यक्रम गरिएको छ । ईश्वरपुर नगरपालिका वडा नं. १० स्थित श्री जुडि जनता प्राथमिक विधालय खैरामा “ भुमि पूर्नस्थापना, मरुभूमिकरण र खडेरी विरुद्व लड्न लचिलो समुदाय“ मुल नाराको साथ वृक्षारोपण कार्यक्रम गरिएको छ ।

वडा स्तरिय बाल अधिकार समितिका संयोजक राश नारायण चौधरीको संयोजकत्वमा र विधालय व्यवस्थापन समितिका अध्यक्ष विनिता कुमारी चौधरी, वडा सदस्य सर्मिता कुमारी देवी , विधालय व्यवस्थापन समितिका सदस्य सरिता चौधरी, ग्रामीण नारी उत्थान संघका फिल्ड सुपरभाईजर राम विश्वास चौधरी, बाल कल्याण बाल क्लवका अध्यक्ष साहिना खातुन लगायत अन्य सदस्यहरुको उपस्थितिमा सो कार्यक्रम भएको थियो ।

सो वृक्षारोपण कार्यका लागि ग्रामीण नारी उत्थान संघ समुन्नति परियोजनाबाट बोटविरुवा उपलब्ध गराइएको वडा स्तरिय बाल अधिकार समितिका सदस्य सचिव तथा वडा सचिव प्रमेन्द्र कुमार चौधरीले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.