१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमा बट सावित्री पर्व मनाईदैँ – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

सर्लाहीमा बट सावित्री पर्व मनाईदैँ

सर्लाही । नवविवाहित युवती देखि बृद्धासम्मले आज बट सावित्री पर्व मनाईरहेको छ । रंगी चंगी लिवासमा सजिएकी महिलाहरु नजिकको  वटवृक्षलाई सफा सुग्घर पारे । रातो र पहेलो धागाले वटवृक्षको वरिपरि घेरा हाले , सविधि पूजा पाठ गरी गर्मीबाट जोगाउन पंखा झले अनि वटवृक्षलाई आराम होस भनेर जिउ पनि सुमसुमाए । तातो घाममा काम सकाएर घर फर्केका आफ्ना थकित श्रीमानलाई  सेवा गरे जस्तै ।

हो , प्रत्येक वर्ष जेठ अमावस्याको दिन श्रद्धा एवं भक्तिका साथ मनाईने बटसावित्री पर्वमा बटवृक्ष९बरको रुख० लाई पूजा गर्ने चलन छ । प्रकृतिपूजक तराई मधेश सभ्यतामा वट वृक्षलाई भने जेठ अमावश्याको दिन विशेष पूजा अर्चना गर्ने चलन रहेको छ। बटसावित्री पूजा गर्न विहानैदेखि विवाहित महिलाहरुको भीड बटवृक्षमुनि लागेको थियो । व्रतालुहरुमा नवविवाहिता युवतीदेखि प्रौढ महिलाहरुको पनि उल्लेख्य सहभागिता थियो ।

सर्लाहीको लालबन्दी नगरपालिका वडा नं ५ स्थित रुखमुनि महिलाहरुको अलि बाक्लै जमघट थियो । यसै गरी सर्लाहीको चन्द्रनगर, मलंगवा, गोडैता, हरिपुर्वा, पर्सा, हरिवन लगायतको पालिकाको विभिन्न स्थानमा रहेको बटवृक्ष मुनि श्रद्धालुहरुको ओइरो नै लागेको थियो । कोही रातो पहेलो धागोले बटवृक्षलाई घेरा हाल्दै त कोही रुखलाई पंखा झल्दै । ब्रतालु अनिता साहका अनुसार उनिहरु व्रत वस्नु भन्दा एक दिन अघि चोखो खाना खाई अमावश्याको दिन विहानैदेखि उपवास बसेकी थिईन ।

वटवृक्षको पूजा सकाएर मात्र ब्रतालुहरु अन्न जल ग्रहण गर्ने परम्परा छ । पतिको दीर्घ जीवन तथा सुस्वास्थ्यको लागी यस पर्वको आयोजन हुने कुरा पण्डित पुरोहितहरु बताउॅछन् । वटवृक्षलाई मधेशमा ‘वरको गाछ’ पनि भनिन्छ । मधेशमा श्रीमान्लाई ‘वर’ पनि भनिन्छ ।

मधेस संस्कृतिमा श्रीमानलाई देवताको रुपमा पूजा गर्ने पुरातन परम्परा हो । वर्षभरि अ—आफ्ना श्रीमानलाई पूजा गरे पनि जेष्ठ अमावस्याको दिन वटवृक्षलाई पतिको रुपमा पूजा गर्छन् । जसलाई वट सावित्री वा वरसाईत भनिन्छ । सावित्रीले आफ्नो मृत्य पति सत्यवानको पुर्नजीवनको लागी वटवृक्षकै फेदमा पूजा गरेकी थिईन । वटवृक्षको पूजा पछि सत्यवानले पुर्नजीवन प्राप्त गरेका थिए ।

  1. आधुनिकताको प्रवेश संगै केही पारम्परिक पर्व त्यौहार लोप हुने अवस्थामा पुगे पनि यस पर्व प्रतिको आकर्षण अझै बढेको छ । ब्रतालु साहका अनुसार — सुरु सुरुमा ब्राह्मन,कायस्थजस्ता केही जातिले मात्र आयोजन गर्ने बटसावित्री पर्व अचेल लगभग सबै जातिकी महिलाहरुले मनाउन थालेकी छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.