१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
विद्यालय शिक्षा सुधारको लागि पैरवी समूह गठन – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

विद्यालय शिक्षा सुधारको लागि पैरवी समूह गठन

धनकौल । सर्लाहीको धनकौल गाँउपालिकामा विद्यालय शिक्षा सुधारको लागि पैरवी समूह गठन गरिएको छ । वडा नं. २ मा विद्यालय शिक्षा सुधारका लागी वडा स्तरीय ५ सदस्यीय शिक्षा पैरवी समूह गठन भएको छ । उक्त पैरवी समूहले वडा अन्तरगत रहेका विद्यालय शिक्षा सुधारका लागी विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन, शिक्षक अभिभावक संघ तथा विद्यार्थीका अभिभावकहरु संगको समन्वयमा प्राविधिक तथा व्यवहारिक कमी कमजोरी पत्ता लगाई विद्यालय तथा गाँउपालिकाको शिक्षा शाखामा गुणस्तरीय शिक्षाका लागी पहल गर्ने र विद्यालय व्यवस्थापन समितिलाई चुस्त दुरुस्त वनाउन प्रमुख भुमिका निर्वाह गर्नेछ ।

USAID CSM/ The Asia Foundation को सहयोगमा नेपाल एकिकृत बिकास समाज, लालबन्दी, सर्लाहीद्वारा आयोजित बिद्यालय शिक्षा सुधारको लागि सामुदायिक संलग्नता (Community Engagement for Improvement in School  Education) कार्यक्रम अन्तरगत उक्त कार्यक्रम सम्पन्न भएको छ । धनकौल गाँउपालिकाका अध्यक्ष राम आश्रेय साहको अध्यक्षता तथा अतिथीहरु वडा नं. १ को वडा अध्यक्ष श्री गौरी शंकर महतो, वडा नं. २ को वडा अध्यक्ष श्री राम वहादुर सहनी र वडा नं. ४ को वडा अध्यक्ष श्री नरेन्द्र राय यादव लगायत ३५ जना सहभागीहरुको उपस्थितीमा उक्त समुह गठन गरिएको आयोजक संस्थाले जनाएको छ ।

विद्यालय शिक्षा सुधारको लागि सामुदायिक संलग्नता कार्यक्रम अन्तरगत “शिक्षा पैरवी समुह गठन” कार्यक्रममा द एशिया फाउण्डेशनको प्रदेश प्रतिनिधी श्री राकेश यादवज्यू, नेपाल एकिकृत बिकास समाज, लालबन्दि, सर्लाहीका सचिव तथा कार्यक्रमको सम्पर्क ब्यक्ति दिवाकर झा, सँस्थाकासदस्य इन्दल महतो लगायत परियोजनाका कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा यूवा लगायत लगभग ५० प्रतिशत महिला तथा सिमान्तिकृत वर्गको उपस्थिती रहेको थियो ।

सामुदायिक विद्यालयहरुमा शिक्षाको गुणस्तर वृद्धि गर्ने प्रमुख उदेश्य राखेर शिक्षामा सुधारको निम्ति विद्यालय ब्यवस्थापन समितीलाई समुदायप्रति जवाफदेहिता अभिवृद्धि गर्न÷गराउन स्थानिय ७ वटै वडाहरुमा “शिक्षा पैरवी समुह गठन” गर्ने योजना अनुरुप आज बिहान ८ बजे वार्ड नं. २ मा सो कार्यक्रम आयोजना गरिएको थियो ।

सामुदायिक बिद्यालयहरुको वर्तमान शिक्षाको  अवस्था हुनुका पछाडी जिम्मेवार कारणहरु, जड कारणहरु, बाधा, चुनौतीको वारेमा पनि घनिभुत छलफल गरिएको थियो । द एशिया फाउण्डेशनका प्रतिनिधी राकेश यादवले सो सँस्थाको सिभिल सोसाइटी एण्ड मिडिया कार्यक्रम मार्फत सामुदायिक विद्यालयहरुमा स्थानियहरुको अग्रसरतामा मात्र गुणस्तरिय तथा प्रभावकारी शिक्षा ब्यवस्थापन गर्न सकिन्छ भन्ने संस्थाको आधिकारिक धारणा प्रस्तुत गर्नुभयो ।

त्यसै गरी नेपाल एकिकृत बिकास समाज, लालबन्दिका परियोजना सँयोजकले समग्र विद्यालय शिक्षा सुधारको लागि सामुदायिक संलग्नता कार्यक्रमको रणनितिक उदेश्य, शिक्षा पैरवी समुह गठनको उदेश्य, काम, कर्तब्य र भुमिकाको वारेमा प्रष्ट पार्नुभयो ।

यस कार्यक्रमले मुख्यतया विद्यालय ब्यवस्थापन समिती, अभिभावक — शिक्षक संघ, बाल क्लव संचालन तथा अन्य सरोकारवालाहरुसंग मिलेर बिद्यालय शैक्षिक गतिबिधि सुधारको कार्यक्रममा प्रभाकारीता ल्याउन सँस्थाले सहजिकरण गर्ने वारेमा प्रष्ट पार्नुभयो । संस्था सचिव दिवाकर झा ले यो कार्यक्रम यस  गाँउपालिकामा १ वर्ष सम्म संचालन हुने जानकारी दिनुभयो ।

शिक्षामा गुणात्मक परिवर्तन ल्याउने प्रतिबद्धता सहित वडा नं. २ का वडा अध्यक्ष राम बहादुर सहनी तथा गाँउपालिका अध्यक्ष साहे यस शिक्षा सम्बन्धि कार्यक्रमलाई वडा तथा नगरवाट गर्न सकिने सम्पुर्ण सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

 

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.