पाठ्यक्रम र समावेशी शिक्षा सम्बन्धी १० दिने आधारभूत तालिम सम्पन्न

गरुडा र माधवनारायण नगरपालिकाका २४ जना बालविकास शिक्षकहरुलाई ईसिइडि पाठ्यक्रम र समावेशी शिक्षा सम्बन्धी १० दिने आधारभूत तालिम सम्पन्न ।
राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र(आरआरपिके)ले रौतहट जिल्लाको गरुडा र माधवनारायण नगरपालिकाका २४ जना बालविकास शिक्षकहरुलाई चन्द्रपुरस्थित तराई ईन होटलमा तालिम संचालन गरेको थियो ।
प्रशिक्षक लक्क्षिणा थापा क्षेत्रीले बालविकास कक्षाको पाठ्यक्रम, शिक्षण सामाग्री निर्माण र प्रयोग गर्ने तौरतरिकाबारे सिकाउनु भएको थियो । प्रशिक्षकले विशेषगरी ६ सिकाइ कुनाको परिचय र सामग्री निर्माण तथा व्यवस्थापन सम्बन्धी सीप प्रदान गर्नुभएको थियो । ६ सिकाइ कुनाको प्रयोग गरि बालबालिकाको शारीरिक विकास, सम्वेगात्मक विकास, संस्कृतिक विकासको पक्षलाइ जोड दिएर नमुना कक्षा संचालन गरिएको थियो । तालिमको क्रममा प्रशिक्षकले बालविकासको ६ सिकाई कुना ब्यबस्थापन, स्वागत बोर्डको प्रयोग, कक्षा कोठाको नियम, मौसम चार्ट, बिभिन्न किसिमका चित्र बनाउने र दैनिक कार्यतालिकामा अनुसार कसरी कक्षा संचालन गराउने भने बारेमा सबै सहभागीहरुलाई नमुना कक्षा पनि गराउनु भएको थियो । साथै सहभागीहरुले स्थानीय सामग्री प्रयोग गरि बिभिन्न किसिमका शैशिक सामग्रीहरु निर्माण गरेका थिए |
त्यस्तै तालिमको अनुभव सुनाउँदै सहभागिहरुले १० दिने तालिमले आफूहरुलाई धेरै कुरा सिकाएको बताएका थिए । उनीहरुले तालिम अत्यन्तै प्रभावकारी भएको र धेरै कुरा सिक्न पाएकोले आफूहरुले सिकेका कुरालाई व्यवहारमा उतार्ने प्रतिबध्ता व्यक्त गरेका थिए ।
समापन्न कार्यक्रममा माधव नारायण नगरपालिकाको शिक्षा शाखाका कर्मचारी रोहित प्रसाद खनालले तालिम मा सिकेका कुराहरु कक्षा कोठा सम्म प्रयोगमा लियाउनु पर्ने बताउनु भएको थियो | साथै बालविकास लाई प्राथमिकता मा राखी नियमित अनुगमन तथा पृष्ट पोषण दिनु पर्ने प्रतिबध्ता गर्नु भएको थियो |
तालिमको समापन्न कार्यक्रममा माधव नारायण नगरपालिकाको शिक्षा शाखाका रोहित प्रसाद खनाल, वल्र्ड भिजन ईन्टरनेशनलका तर्फ बाट पाण्डव रसाईली, केशव सिग्देल र राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र (आरआरपिके) तर्फ बाट परियोजना व्यवस्थापक आदित्य पटेल र समावेशी शिक्षा तथ् संरक्षण संयोजक नागेन्द्र प्रसाद शाह र फिल्ड मोबिलाज़र सुस्मिता कुमारी तथा अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो । साथै समापन कार्यक्रममा प्रशिक्षक लक्क्षिणा थापालाई सम्मानपत्र र मायाको चिनो प्रदान गरि सम्मान गरिएको थियो ।
अष्ट्रेलियन सरकारको आर्थिक सहयोग तथा वल्र्ड भिजन ईन्टरनेसनल नेपाल र राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र(आरआरपिके), सर्लाहीको साझेदारीमा सञ्चालित गुणस्तरीय तथा समावेशी शिक्षा सुदृढीकरण (सिकाइ प्लस) परियोजना मधेश प्रदेशका अति जोखीममा रहेका बालबालिकाको आधारभूत शिक्षामा समान पहुँच र सहभागिता वृद्धि गर्ने र समतामूलक सिकाइ उपलब्धि हासिल गर्ने लक्ष्यका साथ सञ्चालन हुदँै आएको संस्थाको संयोजक नागेन्द्र प्रसाद शाहले बताउनु भयो ।
साथै यो परियोजना सर्लाही जिल्लाको हरिपुरर्वा नगरपालिका, पर्सा, चन्द्रनगर, ब्रहम्पुरी गाउँपालिका र रौतहट जिल्लाको गरुडा र माधव नारायाण नगरपालिकामा सञ्चालनमा रहेको छ ।