१० असार २०८१, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
पत्रकार माहसंघले हरिवन गरेको रक्तदान कार्यक्रममा पत्रकार सहित ७५ जनाले गरे रक्तदान – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

पत्रकार माहसंघले हरिवन गरेको रक्तदान कार्यक्रममा पत्रकार सहित ७५ जनाले गरे रक्तदान

प्रेमनाथ पौडेल
सर्लाही । सर्लाहीको हरिवनमा नेपाल पत्रकार माहसंघ सर्लाही शाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा १३ जना पत्रकार सहित ७५ जमाले रक्तदान गरेका छन ।

२० औ रक्तदाता दिवसको अवसर पारेर माहसंघले हरिवन नगरपालिकाको आर्थिक तथा रक्त संचार सेवा केन्द्र धनुषा र भैरबि दल गण पाचकुमारी ब्यारेक लालबन्दी सर्लाहीको प्राबिधिक सहकार्यमा हरिवन ११ स्थित सगुन सहकारीको प्राङ्गणमा रक्तदान कार्यक्रम गरेको हो ।

रक्तदान नै जिबन दान भन्ने मुल मन्त्रका साथ गरिएको कार्यक्रममा पत्रकार, सुरक्षाकर्मी र अन्यले रक्तदान गरेका माहसंघका कोषाध्यक्ष अच्चुतम सापकोटाले बताए ।

हरिवम ११ निवासी सुर्य प्रताप सिंह ले आफ्नो जिवनको ५० औ पटकको रक्तदान गर्न पाउदा खुसि लागेको बताए ।त्यस्तै हरिवन ८ निवासी समाजसेवी चुडामणी वाग्लेले पनि आफ्नो जिबनमा यो रक्तदान २५औ पटक भन्दा माथि नै रहेको जानकारी दिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.