१० असार २०८१, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
चन्द्रनगर गाउँपालिकामा सिकाइ परियोजनाको वार्षिक समिक्षा बैठक सम्पन्न – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

चन्द्रनगर गाउँपालिकामा सिकाइ परियोजनाको वार्षिक समिक्षा बैठक सम्पन्न

सर्लाही ।सर्लाहीको चन्द्रनगर गाउँपालिकामा सिकाइ परियोजनाको वार्षिक समिक्षा बैठक सम्पन्न भएको छ । अष्ट्रेलिया सरकारको आर्थिक सहयोग तथा वल्र्ड भिजन ईन्टरनेसनल नेपाल, ह्याण्डिक्याप ईन्टरनेसनल, विश्व शिक्षा र राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र, मलङ्गवा सर्लाहीको साझेदारीमा विगत पाँच वर्षदेखि चन्द्रनगरमा संचालित समावेशी शिक्षा सुदृढीकरण (सिकाइ) परियोजना अन्तर्गत अति जोखीममा परेका बालबालिकाहरूको शिक्षामा समान पहुँच र सहभागीता तथा आधारभुत तहमा समतामूलक सिकाइ उपलब्धि वृद्धि गर्ने लक्ष्यका साथ सञ्चालन हुदँै आएको थियो ।

परियोजनाको अवधि समापन हुने भएकोले वार्षिक समीक्षा तथा पुनरावोलोकन बैठकको क्रममा चन्द्रनगर गाउँपालिकाले सिकाइ परियोजनाको कर्मचारीहरुलाई प्रशंसा पत्र, मायाको चिनो सहित दोसला ओढाई सम्मान पनि गरेको छ । गाउँपालिका अध्यक्ष राज कुमार महतोको अध्यक्षतामा भएको बैठकमा सिकाई परियोजनाको वार्षिक समिक्षा तथा पाँच बर्षको पुनरावोलोकन पनि गरिएको थियो ।
सिकाई परियोजनाले जुलाई २०१९ देखि जुन २०२४ सम्म गरेको काम र उपलब्धिहरु संस्थाका बरिष्ठ परियोजना संयोजक आदित्य पटेलले प्रस्तुत गर्नुको साथै परियोजनाको शुरुयाती सर्वेक्षण र अन्तिम सर्वेक्षणको परिणाम पनि प्रस्तुत गर्नु भएको भएको थियो ।
त्यसै गरि परियोजनाको सहकार्यमा प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्नका लागि केही क्रियाकलापहरूलाई निरन्तरका लागि गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८१–८२ को नीति तथा बजेटमा समावेश गर्न कार्ययोजना संस्थाका संरक्षण संयोजक नागेन्द्र प्रसाद शाहले प्रस्तुत गर्नु भएको थियो ।

चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महतोले सिकाई परियोजना जस्तो परियोजना कमै हुन्छ जसमा विद्यालयहरूको भौतिक संरचना, बालमैत्री, अपाङ्गतामैत्री शौचालयहरू निर्माण गरिदिनु भएको छ । जुन गाउँपालिका आफैले गर्नु पर्ने थियो । बाल संरक्षण नीति, समावेशी शिक्षा नीति, पाँच वर्षे शिक्षा रणनीति योजना जुन गाँउ कार्यपालिकाबाट पारित हुनबाँकी छ, यसरी सबै कुरा मिलेको परियोजना अरू कूनै पनि छैन । जे जति कामहरू गर्नु भएको छ, ठोस रूपमा देखिएको छ । कतै किन्तु परन्तु भन्नु पर्ने ठाउँ छैन । काम गर्ने तौरतरिकामा पारदर्शिता छ । हरेक वर्ष सम्झौता गर्ने गरिएको छ । कामको गुणस्तरियता छ । जनताको आवश्यकतामा आधारित छ । सिकाइ परियोजनाबाट अरू निकायले पनि सिक्नु पर्छ भने कुरा उहाले बताउनु भएको थियो ।

उपाध्यक्ष गिता देवी महतोले अपांगता भएको बालबालिकाहरुहरुलाई बिद्यालय जान गाह्रो थियो तर अहिले बिद्यालयमा रयाम्प निर्माण भएपछी सजिलो भएको छ  साथै सिकाई परियोजना ले विभिन्न अपांगता भएका बालबालिकालाई सहायक सामग्री सहयोग गरेर पढाई मा मदत पुगेको बताउनु भएको थियो ।

प्रमुक प्रशासकिय अधिकृत मदन बहादुर थिंगले सिकाई परियोजनाले प्राप्त गरेको उपलब्धिहरुलाई निरन्तरताको लागि चन्द्रनगर गाउँपालिकाले आफ्नो नीति तया कार्यक्रममा समाबेश गर्ने प्रतिबधता गर्नु भएको थियो ।
समिक्षा बैठकमा वडा अध्यक्ष सिताराम महतो, शम्भु साह, सुुर्यवंश राय यादव, दिपेन्द्र चौधरी, स्वास्थ्य शाखा, शिक्षा शाखा, बिद्यालयका प्र. अ., कार्यपालिका सदस्य, बाल अधिकार समितिका सदस्य, बि. व्य.स., समुदाय परिवर्तन समुह , सि.भि.ए. समुहका प्रतिनीधितहरु, अपांगता ब्यक्तीका संस्थाका प्रतिनिधि लगाएत रुपान्तरण कक्षाका बालबालिकाहरुको उपस्थिति थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.