१६ चैत्र २०७९, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
रवि लामिछाने दोषी ठहर, लामिछानेले दिए गृहमन्त्रीबाट राजीनामा – Nigrani Today
ताजा खबरराजनीतिसमाचार

रवि लामिछाने दोषी ठहर, लामिछानेले दिए गृहमन्त्रीबाट राजीनामा

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पदबाट राजीनामा दिएका छन्। उनले केही बेरअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राजीनामा बुझाएका हुन्। सर्वोच्च अदालतले उपप्रधानमन्त्री तथा गृहमन्त्री  लामिछानेले कानूनबमोजिम नेपालको नागरिकता पुनः प्राप्त नगरेको ठहर गरेको छ ।

अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्ति नगरी खारेज भइसकेको नागरिकता प्रयोग गरेको भन्दै अदालतले रविले नेपाली नागरिकका रुपमा गरेका सबै कार्य अवैध हुने भनेको छ ।

संवैधानिक इजलासको यो फैसलासँगै रवि लामिछानेको मन्त्री तथा सांसद पद खारेज भएको छ । त्यस्तै उनी राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति बन्न समेत अयोग्य भएका छन् । उनी प्रतिनिधिसभा निर्वाचनमा चितवन २ बाट निर्वाचित भएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please off your AdBlocker.