पोषणमैत्री स्थानीय शासन सम्बन्धी तालिम सम्पन्न

महोत्तरी, ३ असार । वल्र्ड भिजन इन्टरनेसनल नेपालद्वारा साझेदार संस्था मार्फत संचालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत पोषणमैत्री स्थानीय शासन प्रवद्र्धन गर्ने उद्देश्यले २०८१ जेष्ठ ३१ गतेबाटआयोजित पोषणमैत्री स्थानीय शासन प्रशिक्षक प्रशिक्षण तालिम आज असार ३ गते बर्दिबासमा सम्पन्न भएको छ ।
तालिमको समापन कार्यक्रममा बोल्दै मधेश प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष माननीय नाथु प्रसाद चौधरीले पोषण सम्बन्धी कार्यक्रममा सबै तहका सरकारले बजेट बिनियोजन गर्नु पर्ने बताउनुभयो ।
“पत्रुखानालाई विद्यालय तथा समुदायमा निषेध गर्नुपर्छ” उपाध्यक्ष चौधरीले भन्नुभयो “पोषणमैत्री अभियान बहुआयामिक विषय भएकोले सबै क्षेत्रको साथ र सहयोग आवश्यक छ ।”
सोही अवसरमा बोल्दै एकडारा गाउँपालिका महोत्तरीका अध्यक्ष दिप नारायण मण्डलले कुपोषण न्युनिकरणका लागि समुदाय स्तरबाट अभियान संचालन गर्नु पर्ने र यसका लागि गाउँपालिकाले समेत बजेट बिनियोजन गर्ने कुरा बताउनुभयो ।
स्थानीय आयोजक संस्था एकिकृत ग्रामिण विकास समाज, महोत्तरीका फोकल पर्सन उमेश न्यौपानेको अध्यक्षतामा सम्पन्न उक्त समापन कार्यक्रममा मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. राजीव कुमार झा, एकडारा गाउँपालिका महोत्तरीका प्रमुख प्रशासकीय अधिकृत सुबोध कुमार महतो, वल्र्ड भिजन इन्टरनेसनल नेपालका फिल्ड म्यानेजर बिनय अमात्य लगायतले बोल्नु भएको थियो ।
नेपाल सरकारले लागु गरेको पोषणमैत्री स्थानीय शासन कार्यक्रमलाई समुदायस्तरमा पु¥याउनको लागि प्रशिक्षक तयार गर्ने उद्देश्यले उक्त तालिम आयोजना गरिएको आयोजक संस्थाका कार्यक्रम ब्यवस्थापक कुमार भण्डारीले जानकारी दिनुभयो ।
वल्र्ड भिजन इन्टरनेसनल नेपालका स्थानीय साझेदार संस्थाहरु एकिकृत ग्रामिण विकास समाज, महोत्तरी, राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र, सर्लाही र ग्रामिण विकास केन्द्र, रौतहटका कर्मचारी तथा सम्बन्धित स्थानीय तहका स्वास्थ्य संस्थाका कर्मचारीहरु गरी जम्मा ३५ जना सहभागी भएको ५ दिने तालिमको सहजीकरण हेमन्त कुमार झा र पुरुषोत्तम अर्यालले गर्नुभएको थियो ।