१५ असार २०८१, शुक्रबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
साजन जयसवालको नेतृत्वमा आम उधोग बाणिज्य संघ केन्द्रीय समिति गठन – Nigrani Today
ताजा खबर

साजन जयसवालको नेतृत्वमा आम उधोग बाणिज्य संघ केन्द्रीय समिति गठन

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम उधोग बाणिज्य संघको केन्द्रीय समिति चयन भएको छ । साजनकुमार जयसवालको संयोजकत्वमा समिति गठन भएको छ ।

समितिको केन्द्रीय सदस्यहरुमा रौशनकुमार गुप्ता, प्रदीपकुमार गुप्ता, प्रेम शाह, बैधनाथ प्रसाद, प्रदिप थापा, पदमबहादुर तामाङ, पाल्देन तामाङ, सन्दिप ठाकुर, रामजी गुप्ता, सोनेलाल साह, अशोक शर्मा, विमल विश्वकर्मा, महेश बलम्पकी, आर्यन शाह, राजकुमार जयसवाल, सुनिल जयसवाल, आलोक सर्राफ, रुपेश जयसवाल, सुनिल जयसवाल, निशा कुमारी, रामेश्वर प्रसाद गुप्ता रहेका छन् ।

यसैगरी सदस्यहरुमा बिजय महतो, धर्मेन्द्र शाह, सुशील गुप्ता, किरण देवी, मन्नु राजन, अमित रौनियार, संजिव श्रेष्ठ, रामाशंकर साह, चन्दनकुमार गुप्ता, देवकुमार साह, दिनेश साह, निरज दुवे, उमेश साह, राकेश साह, राजु अन्सारी, सिकिन्दर शर्मा, सुनिल साह, रमाशंकर साह, रामायण साह, प्रेम साह, सन्दिप कुशवाहा, रामचन्द्र चौधरी लगायतका रहेका छन् ।

केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरुलाई बधाई तथा शुभकामना दिदै आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मुलुकको उधोग वाणिज्य क्षेत्रको बिकास र बिस्तारका लागि काम गर्न सुझाव दिएका छन् । सार्थ उधोग बाणिज्य क्षेत्रमा देखिएका समस्याहरु समाधानका लागि सरकारको ध्यानाकर्षण गराउँदै उधोग वाणिज्यका साथै उधोगी, व्यापारीको सुरक्षाका लागि उनले सरकारलाई दबाब दिने जनाएका छन् ।

सरकारको गलत नीति एवं कार्यक्रमका कारण मुलुकको उधोगीव्यापारी असुरक्षित महशुस गरेको बताउँदै अध्यक्ष साहले मुलुकलाई समृद्ध बनाउँन उधोग मैत्री कानून हुनुपर्ने बताए । उधोग मैत्री कानून निर्माणका लागि आफूल पहल गर्ने उनले जनाएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.