१५ असार २०८१, शुक्रबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
जनता अवास कार्यक्रम अन्तर्गत निर्माणाधीन घरहरुको भुक्तानी गर्न माग – Nigrani Today
ताजा खबरमधेश प्रदेश

जनता अवास कार्यक्रम अन्तर्गत निर्माणाधीन घरहरुको भुक्तानी गर्न माग

काठमाडौं । रौतहटमा जनता अवास कार्यक्रम अन्तर्गत निर्माणाधीन घरहरुको भुक्तानी एवं पथरा बुधरामपुरको भकुवा खोलामा अधुरो पुलको काम सम्पन्न गर्न माग गर्दै स्थानीय संघर्ष समितिले ज्ञापनपत्र बुझाएको छ ।

आम दलित मोर्चाका अध्यक्ष एवं मौलापुर नगरपालिका संघर्ष समितिका संयोजक ठागा दासको नेतृत्वमा रहेको टोलीले रौतहटका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझाउँदै उनीहरुले समस्याको समाधान र सम्बन्धित निकायले कुनै चासो नलिए आउँदो ११ असारदेखी गौर स्थित पूर्वाधार विकास कार्यालयमा तालाबन्दी गर्ने चेतावनी समेत दिएका छन् ।

जनता अवास कार्यक्रम अन्तर्गत मौलापुर नगरपालिकामा निर्माणाधीन घरहरूको भुक्तानी एबं पथरा बुधरामको भकुवा खोलामा अधुरो पुलको काम सम्पन्न गराउन संघर्ष समिति मौलापुरले माग गर्दै आएको छ । तर सम्बन्धित निकाले चासो नदिएपछि उनीहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

आम जनता पार्टी (आजपा) निकटको आम दलित मोर्चाका अध्यक्ष ठागा दास, युवा नेता लखिन्दर यादव, मौलापुर नगरका प्रवक्ता चन्देश्वर बैठा, आम दलित मोर्चाको सह–इन्चार्ज बिरचन राम, आजपाको नेता लखिन्दर साह र आम विद्यार्थी मोर्चाको अध्यक्ष विवेक साह लगायत नेताहरुद्वारा ज्ञापनपत्र बुझाउन गौर पुगेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.