१७ चैत्र २०७९, शुक्रबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
हरिपुरमा वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

हरिपुरमा वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण

सर्लाही, माघ १५, जिल्लाको हरिपुर नगरपालिकाले वडा कार्यालयबाटै सामाजिक सुरक्षाभत्ता वितरण सुरु गरेको छ ।

नगर प्रमुख (मेयर) गोपाल पजियारले (आज) आईतवार नगरको वडा नं– ३ फरहदवामा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेका हुन् । लाभग्राहीहरुको सुविधालाई मध्यनजर गर्दै, नगरप्रमुख पंजियारले दुई जना जेष्ठ नागरीकलाई भत्ता दिएर वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण सुभारम्भ गरे । वडा नम्बर ३ का वडाअध्यक्ष लालमोहम्मद शेखले वडाका झण्डै ७ सय लाभग्राहीहरुलाई वडा कार्यालयबाटै सुरक्षाभत्ता प्रदान गर्न सुरु गरिएको बताए ।

चालू आर्थिक वर्षको दोश्रो तैमासिक भत्ता वितरण कायक्रम अन्तर्गत आज पहिलो दिन जेष्ठ नागरीकहरुलाई भत्ता गरिएको छ । आज वडाका सबै (झण्डै पौने तिन सय) जेष्ठ नागरीक र एकल महिलाहरुलाई भत्ता वितरण गरी सकेर भोलिदेखि अन्य सामाजिक सुरक्षाभत्ता पाउनेहरुलाई भत्ता वितरण गरिने वडाअध्यक्ष शेखले बताए ।

फरहदवास्थित वडा कार्यालयबाटै वितरण हुने भत्ता वितरणका लागि उपमेयर निलम देवी राय, वडाका जनप्रतिनिधि तथा एनआइसी एसिया बैंक हरिपुर शाखाका कर्मचारीहरु खटिएका छन् । वडा कार्यालयबाटै भत्ता पाएपछि खुशि हुँदै जेष्ठ तथा वृद्धवृद्धा नागरीकहरु भत्ता बुझ्नका लागि लाईन लागेर बसेका छन् ।

पहिला पहिला भत्ता पाउन त्यति सहज थिएन । लाभग्राहीहरुलाई स्थानीय सरकारको प्रत्याभूति दिलाउन वडा कार्यालयबाटै सामाजिक सुरक्षाभत्ता वितरण गर्न सुरु गरिएको नगर प्रमुख गोपाल पंजियारले बताए । उनले अन्य वडाहरुमा पनि वडा कार्यालयबाटै सामाजिक सुरक्षाभत्ता वितरण हुने बताए । हरिपुर नगरपालिकामा झण्डै ७ हजार नागरिकले सामाजिक सुरक्षाभत्ता बुझ्दै आएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please off your AdBlocker.