१४ असार २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
शुन्य कर नीतिले मौलापुर लोकप्रिय–प्रभु साह – Nigrani Today
ताजा खबर

शुन्य कर नीतिले मौलापुर लोकप्रिय–प्रभु साह

रौतहट । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले मौलापुर नगरपालिकाले जनताको चाहना र आवश्यक्ता अनुसार काम गरेकाले चौतर्फी सराहना भईरहेको बताएका छन् । रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमार साहको पहलमा नगरपालिकाद्धारा सञ्चालिन बिभिन्न आयोजनाले नगरबासी लाभाविन्त भएको उनले बताए ।

रौतहटको मौलापुर नगरपालिकाको आज नगरसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका आजपा अध्यक्ष साहले नगरपालिकाद्धारा सञ्चालिन बिभिन्न राम्रा आयोजनाका कारण सर्वसधारण जनताको मन जितेको बताए ।

मधेस प्रदेशकै पहिलो र एक मात्र महिला मेयर रिना साहको पहलमा नगरपालिकाले ‘शून्य कर नीति’ लिएको छ । जसअन्तरगत मालपोत होस वा अन्य कुनै सिफारिस त्यसको शुल्क नगरबासीले तिर्नुपर्दैन् । यस्तै ‘फ्रि बिजुली, फ्रि पानी’, ‘गरिब दलितलाई एकीकृत आवास’, ‘छोरीसंग मेयर कार्यक्रम’, ‘निशुल्क प्राविधिक शिक्षा’ जस्ता कार्यक्रम मेयर साहको पहलमा सञ्चालित छ । यि कार्यक्रमका कारण मौलापुर नगरपालिकाको देशैभरी चर्चा हुनुका साथै गौरब बढाएको छ ।

आउँदौ बर्षदेखी मौलापुर नगरपालिकाले धुँवा चूल्हों मुक्त अभियान, कच्ची सडकमुक्त अभियान र झुपड़ी मुक्त अभियान अगाड़ी बढ़ाउने घोषणा गरिएकोछ । देशका विभिन्न स्थानीय तहमा बजेटका विषयमा जनप्रतिनिधिहरुबीच विवाद भइरहेको बेला मौलापुर नगरपालिकाले भने सर्वसम्मत नगरसभा सम्पन्न गरेको छ ।

मौलापुर नगरपालिकाले नगरवासीलाई उच्चतम सुविधा दिदै नगरमै सिंहदरबारको अनुभुती दिने गरी बिभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस बर्षदेखी केही नयाँ कार्यक्रम समेत आएको छ । फ्रि विजुली, फ्रि पानी तथा शुन्य कर नीति लगायतका बिभिन्न लोकप्रिय कार्यक्रमलाई निरन्तरता दिदै मौलापुर नगरपालिकाले आर्थिक बर्ष २०८१–०८२ को लागि नीति तथा कार्यक्रम विभिन्न योजना सहित ३९ करोडको आयव्ययको घोषणा गरेको छ ।

‘उत्पादनमा वृद्धि, मौलापुरको समृद्धि’ सहितका बिभिन्न कार्यक्रम सहितको उपमेयर नागेन्द्र प्रसाद यादवले मौलापुर नगरपालिकालाई सुखि समृद्ध बनाउने कार्यमा सधै नगरवासीको इच्छा अकाक्षा माथि खरो उत्रिने अति मत्वाकाँक्षी योजनाहरु सहितको अगामी बर्षको लागि बजेट पेश गरेका हुन् ।

मौलापुरकी मेयर साहको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले गरेका छन् । कार्यक्रममा जिल्ला समन्वय समिति रौतहटका अध्यक्ष रामअयोध्या यादव, आजपाका महासचिव त्रिभुवन साह, सचिव एवं पूर्व सांसद समिना हुसेन, मधेश प्रदेश कमिटीका अध्यक्ष उमेश कुशवाहा सहित बिभिन्न पार्टीका प्रमुख एवं प्रतिनिधिहरुको बिशेष सहभागिता रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.