लालबन्दी नगरपालिकाले १ अरब, ५१ करोड, ४८ लाख, ९२ हजारको आय तथा व्यय अनमुान पेश गर्याे

सर्लाही,१० असार । सर्लाहीको विभिन्न पालिकाहरुले आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । यसैक्रममा लालबन्दी नगरपालिकाले कुल रु. १ अरब, ५१ करोड, ४८ लाख, ९२ हजार को आय तथा व्यय अनमुान पेश गरेको छ ।
बाह्रौं नगरसभाको अधिवेशनमा नगर कार्यपालिका सदस्य शिवकृष्ण बैद्यले नीति, कार्यक्रम तथा प्रस्तुत गरेको हो । नीति, तथा कार्यक्रममा स्वास्थ्य क्षेत्र सुधार, सामुदायिक शिक्षाको गुणस्तर अभिबृद्धि, खानेपानी, सडक, ढल संरचना, पर्यटन पुर्वाधार निर्माण, कृषि तथा पशुपन्छी क्षेत्रको विकास, सिचाई र सिमान्तकृत तथा लक्षित समुदायलाई सिप बिकासको माध्यमबाट स्वरोजगार वनाउने बजेटको प्राथमिकता रहेको लालबन्दी नगरपालिकाका कम्प्युटर अपरेटर कोमल हरी गौतमले जानकारी दिए।
असार १० गते भित्रै सम्पूर्ण पालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने कार्यतालिका अनुसार सर्लाहीका ११ वटा पालिकाले आजै नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।