
सर्लाही,१९ माघ । नेपाली कांग्रेस सर्लाहीमा यतिबेला गुटबन्दीले जडो गाडेको छ । निर्वाचन सकिएको छ तर गुटबन्दीको राजनिति सकिएको छैन । स्थानिय तह निर्वाचन, प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ सकि सक्दा पनि नेपाली कांग्रेसमा भएको गुटबन्दी नसकेको नेपाली कांग्रेसबाट निर्वाचित चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले जानकारी दिनुभयो ।स्थानिय तहको निर्वाचनामा नेपाली कांग्रेस दर्जन जती पालिका प्रमुख जिताउन सफल भए तर गुटउपगुटले गर्दा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनामा निकै नै कमजोर भएको अध्यक्ष महतोले बताउनुभयो ।
मेरै चन्द्रनगरमा माघ १४ गते नेपाली कांग्रेसको भातृ संगठन नेपाल शिक्षक संघको अधिवेशन थियो तर निम्तो भने आएन, कारण थियो गुटबन्दी , यस्तै गएको सोमबार नेपाली कांग्रेस क्षेत्र नं। १ ले चन्द्रनगर गाउँपालिकाकै सभाहलमा सहिद दिवसको अवसरमा कार्यक्रम राखेको थियो तर आफुलाई जानकारी छैन कारण गुटबन्दी, यो कति दुःखद हो, यो मेरोलागी असहनीय पिडा भएको अध्यक्ष महतोले बताउनुभयो ।
गाउँपालिकाको सभाहलमा कार्यक्रम भएपछि कर्मचारीहरुबाट जानकारी भएपछि आफु कार्यक्रम गए,मनतव्यको केही प्रश्न सोधे तर जवाफ भने आयोजक बाट नआएको अध्यक्ष महतोले भन्नुभयो । ४ वर्ष सम्म कांग्रेस हुने निर्वाचन हुने समय अन्य दलको उम्मेदवार जिताउने कांग्रेस बन्ने यो कस्तो परिपाटी हो, यस्तो कांग्रेसी चाहिने हामीलाई अध्यक्ष महतोले भन्नुभयो ।
कांग्रेसलाई बलियो र एक ढिका बनाउने निर्वाचनमा नडगमगाउने कांग्रेसी आजको आवश्यका भएको अध्यक्ष महतोले भन्नुभयो । चुनावमा जे भयो भयो अब पनि मिलेर नजाने हो भने नेपाली कांग्रेस सर्लाहीमा निकै नै कमजोर हुने चन्द्रनगर गाउँपालिका अध्यक्ष महतोले दाबी गर्नुभयो ।
नेपाली कांग्रेस बलियो हुनुपर्छ भन्ने पक्षमा छु, अब सबैले गुटउपगुटको राजनैनिक त्यागेर एकढीका भई पार्टीलाई बलियो बनाउने तर्फ लाग्नु पर्नेमा अध्यक्ष महतोले जोड दिनुभएको छ । कुनै पनि कार्यक्रम भयो भने संस्थापक पक्षको छ भने इतर पक्षलाई आरोप, इतर पक्षको कार्यक्रम छ भने संस्थापन पक्षलाई आरोप , आरोप प्रतिआरोपले पार्टी बलियो नभई कमाजोर हुने अध्यक्ष महतोले भन्नुभयो । अब नेपाली कांग्रेस जती एक ढिका भएन भने कांग्रेसको अस्तित्व डुबने अध्यक्ष महतोको दाबी छ ।