
सर्लाही,१८ माघ । सर्लाहीमा बेग्ला बेग्लै ठाउँमा सवारी दुर्घट्नामा परी दुई जनाको मृत्यु भएको छ । सवारी दुर्घटनामा परी एक जनाको लालबन्दी नगरपालिकामा र अर्का एक जना बालकको बरहथवा नगरपालिकामा मृत्यु भएको छ ।
बुधबार लालबन्दी नगरपालिका वडा नं. १७ रानिगंज डाडाटोल स्थित भित्रि सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश २–०३००१ च ३१२९ नं. को बोलेरो पिकअपले बिपरित दिशाबाट गईरहेको प्र २–०२–००२ प ९२५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३३ वर्षिय राजकुमार महतोको मृत्यु भएको छ । ठक्कर पश्चात महतो गम्भिर घाईते भई उपचारको लागि स्थानियमोडल हस्पिटल ल्याएकोमा डक्टरले मृत घोषणा गरेको थियो ।
एक आपसमा ठक्कर खाएको मोटरसाइकल, बोलेरो, बोलेरो चालक वर्ष २२ को मुकेश साह ई.प्र.का. लालबन्दीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
यसैगरी बुधवार साझ सर्लाहीको बरहथवा नगरपालिकामा पनि एक जनाको मृत्यु भएको छ । बरहथवा वडा नं. १६ सितापुर कटानी स्थितमा रहेको शिव ईटा उधोगमा रहेको प्र२–०३–००१ त६५५५नं.को ट्रयाक्टरले उक्त भाँठामा काम गर्ने देश भारत उतर प्रदेश राज्य महमदी ग्राम शंकर छाउनी १ बस्ने संजिव कुमार को छोरा अं.बर्ष ६ को हेमन्त कुमारलाई ठक्कर दिदा घाईते भई उपचार को लागी लिलावती अस्पताल हरिवनमा लिई गई उपचारको क्रममा मृत्यु भएको छ ।
ठक्कर दिने ट्रयाक्टर प्रहरीको नियन्त्रण छ भने ट्रयाक्टर चालक फरार रहेकोमा चालकको खोजीकार्य भैरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत बिजय श्रेष्ठले जानकारी दिनुभयो ।