
सर्लाही,२० माघ । सर्लाहीको धनकौल गाउँपालिकामा ४० लाखको लागतमा धनकौल प्राथमिक स्वास्थ्य चौकीमा बर्थिङ सेन्टरको भवन निर्माण गरिएको छ ।
धनकौल गाउँपालिका वडा नं. २ निवासी समजसेवी बैजनाथ प्रसाद सिंहले निःशुल्क ४ कठा क्षेत्रफलको जग्गा दिएपछि पूर्व महिला बालबालिका युवा तथा खेलकुद मन्त्री बिरेन्द्र प्रसाद सिंहले पहल गरेपछि समाजिक विकास मन्त्रालय मधेश प्रदेश सरकारले भवन निर्माणको लागि बजेट छुटयाएको थियो ।
बर्थिङ सेन्टरको भवन निर्माण कार्य सम्पन्न भएपछि आज एक कार्यक्रमका बिच पूर्व मन्त्री सिंहले धनकौल प्राथमिक स्वास्थ्य चौकी बर्थिङ सेन्टरको भवन उदघाटन गर्नुभएको थियो ।
जग्गादाता समजसेवी बैजनाथ प्रसाद सिंहले निःशुल्क दान गर्नुभएको जग्गा अन्दाजी लगभग ४० लाख मुल्य बराबरको जग्गा रहेको धनकौल गाउँपालिकाले जनाएको छ । जग्गादाँता सिंह पूर्व मन्त्री बिरेन्द्र प्रसाद सिंहको बुवा हुनुहुन्छ ।
बर्थिङ सेन्टरको भवन निर्माण भएपछि धनकौलका स्थानियहरु खुसी भएका छन । वडा नं. २ मा बर्थिङ सेन्टर नभएपछि सुत्केरी गराउने महिलाहरु टाढा टाढा सम्म पुग्नु पर्ने अवस्था थियो । अब बर्थिङ सेन्टरको भवन निर्माण भएपछि सुत्केरी महिलालाई सहज भएको धनकौल गाउँपालिकाले जनाएको छ ।