२३ भाद्र २०८१, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
गौतमले निर्माण गरेको प्रतीक चिह्‍न लालबन्दी नगरले सार्वजनिक गर्‍यो – Nigrani Today
ताजा खबरसमाचारसमाजस्थानीय

गौतमले निर्माण गरेको प्रतीक चिह्‍न लालबन्दी नगरले सार्वजनिक गर्‍यो

लालबन्दी । लालबन्दी नगरपालिकाले आफ्नोे प्रतीक चिह्‍न (लोगो) सार्वजनिक गरेको छ। लालबन्दी नगर वाङ्‌मय परिषद्‌द्वारा आयोजित कार्यक्रममा लालबन्दी नगरको परिचय झल्कने प्रतीक चिह्‍न सार्वजनिक गरिएको हो।
नगर प्रमुख बासुदेव अधिकारी र उप-प्रमुख कल्पना माया पाख्रिनले संयुक्त रूपमा उक्त प्रतीक चिह्‍न सार्वजनिक गरेका हुन्। विभिन्‍न छनोट चरण पार गरेर परिषद्ले सिफारिस गरेको नगरको प्रतीक चिह्‍न(लोगो)लाई आज सार्वजनीकरण गरिएको हो। उक्त लोगो निर्माणकर्ता लालबन्दी ७ का कोमलप्रसाद गौतम रहेका छन्।
प्रतीक चिह्‍न सार्वजनीकरण समारोह-२०८१ कार्यक्रमलाई सम्बोधन गर्दै जनज्योति बहुमुखी क्याम्पस लालबन्दीका अध्यक्ष दीपक अधिकारीले परिषद्ले स्थापनाको ४ वर्षमै राष्ट्रिय छवि बनाउनु अत्यन्त सुखद् रहेको बताएका छन्। उक्त कार्यक्रममा परिषद्को आ.व.२०८०/०८१ को एकीकृत वार्षिक प्रतिवेदन परिषद्का अध्यक्ष अच्युत अघिकारीले नगर प्रमुखसमक्ष पेस गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please off your AdBlocker.