१७ चैत्र २०७९, शुक्रबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

सर्लाहीमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु

सर्लाही, २५ माघ । सर्लाहीको कविलासी नगरपालिकामा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा कविलासी नगरपालिका नं. ९ सलेमपुर बस्ने ब्रह्मदेव रायका छोरा २७ वर्षीय डिकेश राय रहेको छ ।

मलङ्गवाबाट नवलपुरतर्फ जादै गरेको प्रदेश २–०३–००९ प ७९१५ नम्वरको मोटरसाइकल आफै अनियन्त्रित भइ सडक छेउमा गाडिएको पिलरमा ठोक्किँदा मोटरसाइकल चालक रायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

मृतक रायको शव प्रादेशिक अस्पताल मलङ्गवामा पोष्टमार्टम पश्चात परिवारलाई बुझाइएको प जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकृत तथा प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please off your AdBlocker.