
सर्लाही,१ फागुन । विदेशमा रहेका नेपालीहरुको सहयोगमा लालबन्दी नगरपालिका वडा नं २ मा रहेका पद्मम भुवनेश्वरी नमूना वृद्ध आश्रमका वृद्धवृदाहरुलाई न्यानो सिरक वितरण गरिएको छ ।
अमेरिकामा रहेको दिपक प्रसाइँ, स्वेडेनमा रहेको दिपराज थापा, अशोक बहादुुर खड्का, बिष्णुप्रसाद श्रेष्ठ, कृष्ण के.सी. गङ्गा घिमिरे, दिप शर्मा, सुवास अधिकारी, माधव तिमिल्सिना र नाम नखुलेका व्यक्तिहरुको सहयोगमा ८० हजार रकमबाट न्यानो सिरक र ३ बोरा चामल पद्मम भुवनेश्वरी नमूना वृद आश्रमलाई प्रदान गरिएको सहयोग समन्वयकर्ता प्रमेश बादेले जानकारी गराउनु भयो ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव, प्रहरी उपरिक्षक नरेशराज सुवेदी, सशस्त्र प्रहरी प्रमुख तुल बहादुर भण्डारी तथा अनुसन्धान प्रहरी प्रमुख सन्तोष ढुंगेल लगायतका व्यक्तिले पद्मम भुवनेश्वरी नमूना वृद आश्रमका वृद्धवृदाहरुलाई ३५ सेट न्यानो सिरक प्रदान गर्नुभयो ।
यसैगरी हरिवनमा रहेको मानव सेवा आश्रम र द्वन्द्व पीडित बालगृहमा रहेका बालबालिकाहरुलाई पनि ३५ सेट न्यानो सिरक वितरण गरिएको छ । उक्त न्यानो सिरकको लागि प्रमुख जिल्ला अधिकारी यादवले पहल गर्नु भएको थियो भने विदेशमा रहेका नेपालीहरुसँग न्यानो सिरकको लागि प्रमेश बादेले समन्वय गरेका थिए ।
त्यस्तै अन्य प्राविधिक समन्वयका लागि बागमती सेवा समाजका अध्यक्ष भरत कुमार कार्की र गजेन्द्र साहले गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी यादव भन्नु हुन्छ, “हामी केही दिन अघि यस आश्रममा आउदा वृद्धवृद्धा आमाबुवाहरुलाई सहयोग गर्ने केही सम्भावना थियो । आज न्यानो सिरक सहयोग गरिएको छ । र यस्तो सहयोग पु्याउने हुने विदेशमा रहेका नेपालीहरुलाई धन्यवाद दिन चाहन्छु । साथै सहयोगको लागि समन्वय गनु हुने प्रमेश बादेलाई पनि धन्यवाद दिन चाहन्छु र वृद्ध आमाबुवाबाट आर्शिवाद पाईरहौं ।”
यो जाडोको बेला वृद्धवृद्धा आमाबुवाहरुलाई न्यानो सिरक कसैले दियोस् जस्तो मनमा लागिरहेको थियो तर कसैलाई भनेको थिएन तर आज प्रमेश बादे र प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव ज्यूको पहलमा यस वृद्ध आश्रममा रहेको आमा बुबाले न्यानो सिरक पाएकोले धेरै खुशी छु र विदेशमा रहेका सहयोगी मनहरुलाई धेरै धन्यवाद दिन चाहेको पद्यम भुवनेश्वरी नमूना वृद आश्रमका सञ्चालक भवानी कोईरालाले बताउनु भयो ।