१६ चैत्र २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
स्थानीयले लालबन्दी नगर प्रमुख अधिकारीलाई विकास निर्माणको अवस्था वारे जानकारी गराए – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

स्थानीयले लालबन्दी नगर प्रमुख अधिकारीलाई विकास निर्माणको अवस्था वारे जानकारी गराए

सर्लाही,१ फागुन । ,लालबन्दी नगरपालिका वडा नं.१५ का स्थानीयले नगर प्रमुख (मेयर) वासुदेव अधिकारीलाई वडामा विकास निर्माणको अवस्था वारे अवगत गराएका छन् ।

मेयर अधिकारीको सचिवले लालबन्दी –१५ बोहोरे डाडामा सोमवार(आज) आयोजना गरेको नगर स्तरीय वडा अनुगमन कार्यक्रममा स्थानीयले खेतीयोग्य जमिन भएर पनि किसानले सिंचाइ अभावमा घैया छरेर खाउन भन्दा पनि,हुने अवस्था नभएकाले सिंचाइको प्रवन्ध गरिदिन आग्रह गरेका छन् । उनीहरूले कृषि र सिंचाइ समस्यासँगै वडामा ९ वटा विद्यालय भएपनि विद्यार्थी संख्या अत्यन्तै न्यून रहेकाले एक बिद्यालयलाई अर्को विद्यालसँग गाभिदिन आग्रह गरे ।
उनीहरूले निजी विद्यालयका कारण विद्यार्थी संख्या घटिरहेकाले सामुदायिक विद्यालयमा पनि अंग्रेजी माध्यमबाट गुणस्तरीय पठनपाठन सरूगरेर विद्यार्थी आकर्षित गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रम सहभागीले वडामा आएको रासायनिक मल समानुपातिक ढंगले वितरण नभएकोले यसको व्यवस्थापन मिलाइदिन आग्रह गरे । उनीहरूले वृद्ध भत्ता लिन, आउदा जादा धेरै खर्च हुने गरेकाले वडाबाटै वितरणको व्यवस्था मिलाइदिन आग्रह गरे ।
बाटो बिजुली, खानेपानी र तटबन्धको व्यवस्था गरिदिन मेयर अधिकारीसँग उनीहरूको आग्रह थियो । उनीहरूले वडाको आम्दानी खर्च पारदर्शी गर्न सार्वजनिक सुनुवाइको आवश्यकता औल्याए ।टेलिफोनको लागि रूखमा चड्नुपर्ने अवस्था अन्त्य हुनुपर्नेमा स्थानीयको जोड थियो ।
कार्यक्रममा बोल्दै मेयर अधिकारीले समग्र लालबन्दीको विकासको लागि चक्रपथको अवधारणा अनुसार बाटो निर्माण गरिने र नगर बस सञ्चालन गर्नेसमेत योजना रहेको बताए ।
मेयर अधिकारीले लालबन्दी– दुम्जा जोड्ने बाटोको लागि पनि संघीय र प्रदेश सरकारसँग पहल गरिने बताए । परवानिपुरको विकासकामा कृषि क्याम्पस स्थापनाका लागि आफुले प्रस्ताव गरेको र काठमाडौं विश्वविद्यालय संग समन्वय गरेर अघि बढ्न फागुन भित्रै यसको सम्भाव्यता अध्ययन थाल्ने बताए ।
विकास निर्माणका लागि दलगत राजनीति गर्ननहुने र आफू दलगत राजनीति भन्दा माथि उठेर काम गर्न प्रतिबद्ध रहेको बताए ।
प्रमुख अधिकारीले नगरको चुरे क्षेत्र विकट कर्णाली जस्तै भएकाले आफुले यसलाई विशेष क्षेत्र घोषणा गरेर केन्द्रीय बजेट ल्याउन प्रयत्न गरिरहेको बताए ।उनले लालबन्दीलाई नमुना नगर बनाउन आफुले प्रयत्न गर्ने बताए । मेयर अधिकारीले छलफलमा उठेको विषयलाई प्राथमिकतामा रखेर काम गर्ने प्रतिबद्ध व्यक्त गरे ।
कार्यक्रममा वडाध्यक्ष गोरख बलले वडामै आएर समस्य बुझ्न कार्यक्रम रखेकोले आफुहरूलाई खुसि लागेको भन्दै मेयर अधिकारीलाई धन्यवाद ज्ञापन गरे ।
उनले स्थानीयले उठाएको विषयमा बोल्दै, तटबन्धको प्रयास भइरहेको बताए । उनले लालबन्दी १५ हुदै मरिण जोड्ने सडकको डिपिआर तयार भएको र यसको लागि ७० करोड लाग्ने देखिएको र काम हुने विश्वास व्यक्त गरे ।
वडाध्यक्ष बलले वडालाई पर्यटकीय क्षेत्रको रूमा बिकास गर्न बीपी स्मृति पार्क र होमस्टेको लागि पहल गरिदन मेय अधिकारीसँग आग्रह गरे ।उनले सिरकालिन्जोरमा खानेपानीको समस्या भएकाले समाधानको लागि प्रयास भइरहेको बताए ।
कार्यक्रममा लालबन्दी नगरपालिका का शिक्षा,कृषि शाखाका प्रमुखहरूले स्थानीयले राखेको जिज्ञासाको जवाफ दिदै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
लालबन्दी नगरपालिका का मेयर वासुदेव अधिकारीका स्वकीय सचिव भानुभक्त बरालले सञ्चालन गरेको कार्यक्रममा नगरपालिका का कर्मचारी,सञ्चारकर्मी र स्थानीयको सहभागिता रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.