१७ चैत्र २०७९, शुक्रबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
गोडैतामा २ करोड ८० लाखको लागतमा विधालय भवन निर्माण हुने – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

गोडैतामा २ करोड ८० लाखको लागतमा विधालय भवन निर्माण हुने

सर्लाही, १;फागुन । सर्लाहीको गोडैता नगरपालिकामा २ करोड ८० लाखको लागतमा विधालय भवन निर्माण हुने भएको छ ।

गोडैता नगरपालिका वडा नं १२ मधुवनीमा रहेको बैधनाथ माध्यमीक विधालयमा १६ कोठे पक्की भवन निर्माण कार्य अघि बढाउन सोमवार गोडैता नगर प्रमुख देवेन्द्र यादवले शिलान्यास गर्नुभएको छ ।

विधालय भवन निर्माण गर्न बजेट ३ करोड भएपनि गएको पुष २१ गते विधालय भवनको ठेक्का २ करोड ८० लाखमा जय भवानी निर्माण सेवा,मलंगवाले लिएको गोडैता नगरपालिकाले जनाएको छ ।

बैधनाथ माध्यमीक विधालयमा यस अघि विधालय भवनको अभावमा छात्र तथा छात्राहरुलाई समस्या भैरहेको थियो, समस्याको समाधान गर्नु आफनो दायित्व भएको नगर प्रमुख यादवको भनाई थियो ।

नगर प्रमुख यादवले आफु जहिले पनि नगरवासीको सेवामा अगाडी बढने प्रतिबद्धता समेत व्यक्त गरे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please off your AdBlocker.