१७ चैत्र २०७९, शुक्रबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमा एनएमबी बैंकका खाताधारीको उपचारमा १५% छुट दिइने – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

सर्लाहीमा एनएमबी बैंकका खाताधारीको उपचारमा १५% छुट दिइने

सर्लाही,१७ फागुन । सर्लाहीको लालबन्दी नगरपालिकामा रहेको एनएमबी बैंकको खाताधारीहरु बिरामी हुदा औषधिबाहेक अन्य सेवा लिँदा १५ प्रतिसत छुट हुने भएको छ ।

एनएमबी बैंक लालबन्दी शाखा र गाउमैत्रि हस्पिटल लालबन्दी बीच विभिन्न सेवाका सम्वन्धमा सहकार्य भएको छ ।

मगलबार सो बैंकको मधेश प्रदेश प्रमुख कमल पाेखरेल र हस्पिटलका संचालक डाक्टर अर्जुन लामा बीच सहकार्य पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता पत्रमा एनएमबी बैंकका खाताधारी कोही व्यक्ति बिरामी पर्दा औषधिबाहेक अन्य सेवा लिँदा १५ प्रतिसत छुट दिने, बैंकका खाताधारीले बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म फोनमार्फत अस्पतालका चिकित्सकसँग निःशुल्क परामर्श लिन सक्ने उल्लेख छ ।

सेवाग्राहीको हितलाई मध्यनजर गरी अस्पतालसँग यस प्रकारको सम्झौता गरिएको एनएमबी बैंक लालबन्दि शाखाका शाखा प्रमुख अरुण आचार्यले बताए ।

एनएमबि बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो ।

एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please off your AdBlocker.