डोम समुदायका बालबालिकालाई शैक्षिक सामग्री वितरण
लालबन्दी । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं.९ डोम टोलमा डोम समुदायका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ । मंगलवार एनएमबि बैंक लिमिटेड लालबन्दी शाखाले संस्थागत समाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत रहेर स्कुल ब्याग, कपी, पेन्सिल लगायतको शैक्षिक सामग्री वितरण गरेको छ ।
एनएमबि बैंकले प्रत्येक वर्ष नै यस्ता कार्यक्रम गर्ने भएको हुदाँ यस वर्ष पनि शैक्षिक सामग्री वितरण गरिएको लालबन्दी शाखाका ब्रान्च मैनेजर अरुण आचार्यले जानकारी दिए । शैक्षिक सामग्रीहरुमा ब्याग ३० पिस, आधा दर्जन कपी, पेन्सिल १ बक्स रहेको ब्रान्च मैनेजर आचार्यले जानकारी दिए ।
शैक्षिक सामग्री वितरण कार्यक्रममा वडा नं. ९ का वडा अध्यक्ष नारायण अधिकारी, वडा स्दस्य बिनोद तिम्लसिना, एनएमबि बैं मधेश प्रदेश प्रमुख कमल खोखरेल, एरिया मैनेजर कमलेश प्रसाद यादव लगायतका व्यक्तिहको उपस्थिति रहेको थियो ।