
लालबन्दी,१३ चैत्र ।नेकपा (एमाले)ले लालबन्दी नगर कमिटीले आज नगरप्रमुख बासुदेव अधिकारीलाई एक कार्यक्रमका बीच ज्ञापन पत्र बुझाएको ।
नेपालको संघीय शिक्षा नियमावली २०५९ को परिच्छेद १७ को नियम ९३ (२) लगायतका उपनियममा भएको व्यवस्थासँग बाझिने गरी लालबन्दी नगरपालिकाले प्रधानाध्यापक व्यवस्थापन कार्य विधि २०७९ बनाई कार्यान्वयन गर्न लागेको,संघीय शिक्षा नियमावली अनुसार नै प्रधानाध्यापक नियुक्ति गरिनु पर्ने लगायतका माग रहेको छ ।
त्यसै गरी स्थानीय तहले ऐन, कानुन, नियमावली तथा कार्यविधि बनाई लागू गर्दा संघीय ऐन, कानुन र नियमावलीसँग नबाझिने गरी बनाउनु पर्ने माग राख्दै यही चैत्र १२ गते नेपाल राष्ट्रिय शिक्षक सङ्गठन नगर समिति लालबन्दीले नगरपालिकामा ज्ञापनत्र बुझाएको थियो ।
ज्ञापन पत्रमा शिक्षकहरुद्वारा उठाइएको जायज विषयवस्तुको सम्वोधन गरिदिन, सङ्गठनले उठाएका विषयलाई सम्वोधन नगरी संघीय कानुन विपरित कार्यविधि कार्यान्वयन गरेमा त्यसबाट उत्पन्न हुने सबै प्रकारका क्षतिको जिम्मेवारी स्वयम् लालबन्दी नगरपालिकाले लिनुपर्ने नेकपा (एमाले) लालबन्दी नगर कमिटीका अध्यक्ष विक्रम भण्डारीद्वारा हस्ताक्षर गरी बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।