
सर्लाही, १४ चैत्र । नेपाल मुस्लिम संघ मधेश प्रदेशको संयोजकमा सर्लाहीको कविलासी नगरपालिका वडा नं. २ पिपरिया बस्ने शेख शाहदुल्लाह मनोनित हुनुभएको छ ।
नेपाली कांग्रेस निकट नेपाल मुस्लिम संघले शाहदुल्लाहालाई मधेश प्रदेशको संयोजकमा तोकेको छ । साथै नेपाल मुस्लिम संघले शाहदुल्लाहलाई मधेश प्रदेशको चैत्र मसान्त सम्म कमिटि पुर्णता तथा २०८० जेष्ठको पहिलो साता भित्र नेपाल मुस्लिम संघ मधेश प्रदेश अधिवेशनको तैयारी गर्ने जिम्मेवारी समेत दिएको छ ।
त्यस्तै, कांग्रेस निकट नेपाल किसान महासंघको केन्द्रीय तदर्थ समितिमा लालबन्दी नगरपालिका वडा नं.२ जुटपानी बस्ने महिला नेत्री भवानी कोइराला मनोनित हुनुभएको छ ।