
उदयपुर,१३ चैत्र।सुनसरी तथा उदयपुर जिल्लाका विभित्र पालिकामा विपन्न महिलालाई धुँवा रहित आधुनिक स्टोभ वितरण गरिएको छ।
ADRA नेपालको सहयोग तथा बागमती सेवा समाज नेपालको सहजीकरणमा चौदण्डी नगरपालिकाका १९ जना, रौतामाई गाउपालिकाका १९ जना तथा वेलका नगरपालिकामा ४१ जना गरि ७९ विपन्न महिलालाई जापानिज प्रविधीको स्टोभ वितरण गरिएको छ ।
यसैगरी सुनसरी जिल्लाको कोशी गाउँपालिकाका १८ जना र भोक्राहा नरसिंह गाउँपालिकाका २९ जना गरी जम्मा ४७ विपन्न महिलालाई जापानिज प्रविधीको स्टोभ वितरण गरिएको बागमती सेवा समाज नेपालले जनाएको छ ।
सुनसरी तथा उदयपुर जिल्लामा रहेका गरिव तथा स्वास्थ्य सेवामा पहुच कम भएका महिलाहरु लाई लक्षित गरि आधुनिक स्टोभ वितरण गरिएको हो ।
खासगरी पाठेघर परिक्षण तथा उपचार अन्तर्गत लाभान्वित भएका महिलालाई दाउराको प्रयोग गरी उत्पन्न हुने धुँवा, धुलो तथा दाउराको भारी वोक्दा पाठेघरमा अझ वढि समस्या आउन सक्ने हुँदा सो समस्याहरुलाई न्यूनिकरण गर्न धुँवा रहित आधुनिक जापनिज स्टोभ वितरण गरिएको हो ।
४ लिटर सम्मको क्षमता भएको अति आधुनिक चुल्हो धुँवा रहित, सरल तथा सहज रुपमा प्रयोग गर्न सकिने बागमती सेवा समाजका कार्यकारी निर्देशक निरज भण्डारीले जानकारी दिए ।