६ माघ २०८१, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
फतुवा-बिजयपुरकाे बैरगनिया मा.वि.मा विद्यार्थीहरूले गरे तालाबन्दी – Nigrani Today
ताजा खबरप्रदेशमधेश प्रदेशशिक्षा स्वास्थ्यसमाचारसमाजस्थानीय

फतुवा-बिजयपुरकाे बैरगनिया मा.वि.मा विद्यार्थीहरूले गरे तालाबन्दी

विद्यार्थीहरूले गरे तालाबन्दी

 

रुपेश यादव , रौतहट ।
भदौँ २३ गते , आईतवार ।

रौतहट जिल्लाको फतुवा-बिजयपुर नगरपालिका–१, बैरगनियामा रहेको श्री माध्यमिक विद्यालयमा विद्यार्थीहरूले शिक्षक अभाव, डेस्क बेन्चको कमी, र कालोपाटीको अभावको कारण अनिश्चितकालीन तालाबन्दी गरेका छन्। भदौ २० गतेदेखि विद्यार्थीहरूले तालाबन्दी सुरु गरेका हुन्, जसले गर्दा विद्यालयको शैक्षिक गतिविधि ठप्प भएको छ।

विद्यालयका प्रधानाध्यापक रामनाथ यादवका अनुसार तालाबन्दीका कारण विद्यालयमा पठनपाठन पूर्ण रूपमा अवरुद्ध भएको छ। “विद्यार्थीहरूको मागलाई सम्बोधन नगरेसम्म तालाबन्दी जारी रहनेछ भन्ने उनीहरूको अडान रहेको छ,” यादवले बताए।

विद्यार्थीहरूले शिक्षकको अभावका कारण आफूहरूले गुणस्तरीय शिक्षा पाउन नसकेको, डेस्क बेन्चको अभावले कक्षाकोठामा बस्नसमेत समस्या भएको र कालोपाटीको कमीले अध्ययन–अध्यापनमा कठिनाइ भएको गुनासो गर्दै आएका छन्।

विद्यालयमा शिक्षण गर्न आउने शिक्षक–शिक्षिकाहरू तालाबन्दीका कारण चर्काे घाममा बस्नुपर्ने र पछि घर फर्किनुपर्ने बाध्यतामा परेका छन्। यसले विद्यालयको पठनपाठन मात्र नभई शिक्षकहरूको मनोबल पनि कमजोर बनाएको छ।

शिक्षा क्षेत्रका सरोकारवालाहरूले विद्यार्थीहरूको मागलाई यथाशीघ्र सम्बोधन गरेर विद्यालयको नियमित गतिविधि पुन: सुचारु गर्न पहल गर्नुपर्ने आवाज उठ्न थालेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button