३ आश्विन २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
ईश्वरपुरका मेयर आचार्यले गरे बालबालिकाहरुको उद्धार – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

ईश्वरपुरका मेयर आचार्यले गरे बालबालिकाहरुको उद्धार

सर्लाही । ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मेयर मनोज कुमार आचार्यले सर्लाही सहित विभिन्न जिल्लाका बालबालिकाको उद्धार गरेका छन।

उहाँले रौतहटको गुजरा नगरपालिका वडा ७ पल्टुवा बस्ने १४ वर्षिय विकाउ पासवान, परोहा नगरपालिका वडा नं. १ जिगंडवा बेलबिसवा बस्ने १२ वर्षिय समिर अंसारी, सर्लाहीको कौडेना गाउँपालिका १७ वर्षिया किरण कुमारी राउत लगायतका बालबालिकाको उद्धार गरेका छन ।

मेयर आचार्यले भारतको मध्य प्रदेशमा रहेको मानव तस्तकरी र बालबालिकाको उद्धार गर्ने सामाजिक संस्था ‘किन इंडिया’ का संचालक नवीन जोशीको सहयोगमा भारतको विभिन्न ठाउँ बाट ति बालबालिकाको उद्धार गरेका छन ।

सांस्कृतिक तथा राजनैतिक भ्रमणका क्रममा भारतमा जानुभई मेयर आचार्यले बालबालिकाको उद्धार गरी आज अभिभावको जिम्मा लगाउनुु भएको उहाको सहयोगी नाथुराम चौधरीले जानकारी दिनुुभयो ।मेयर आचार्यका अनुसार उद्धार गरिएका बालबालिकाहरु केही महिना पहिला भारतका विभिन्न ठाउँ पुुगेका थिए ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.