२७ जेष्ठ २०८०, शनिबार | Email:- [email protected] | [email protected]
शिक्षकहरुका लागि मनोसामाजिक स्याहार तथा सहयोग तालिम सुरु – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

शिक्षकहरुका लागि मनोसामाजिक स्याहार तथा सहयोग तालिम सुरु

सर्लाही,७ जेठ । सर्लाहीको लालबन्दी नगरपालिकामा शिक्षकहरुका लागि ३ दिने आवासीय मनोसामाजिक स्याहार तथा सहयोग तालिम आइतवार शुरु भएको छ । वल्र्डभिजन इन्टरनेसनल नेपालसँगको साझेदारीमा बागमती सेवा समाज नेपालद्वारा संचालित बाल संरक्षण तथा बाल स्पोन्सरशिप परियोजना अन्तर्गत शिक्षकहरुलाई आइतबार बाट तालिम दिन सुरु गरिएको छ ।

तालिमबाट शिक्षकहरुले मानसिक स्वास्थ्यको बारेमा बुझ्ने र मनोसामाजिक समस्याका लक्षण, कारण, असर तथा व्यवस्थापनका बारेमा जानकरी हाँसिल गर्ने आयोजक संस्थाले जनाएको छ ।तालिम पछि सहभागीले स्थानीयस्तरमा तनावमा रहेका परिवारलाई व्यवस्थापन गर्न सक्ने र जटिल केसहरु उदासिनता, आत्महानी गरेका घटनाहरुलाई मनोविमर्शकर्ता, मनोविद, तथा मनोचिकत्सकलाई प्रेषण(सिफारिस) गर्न सक्ने छन् ।

तालिम पछि शिक्षक स्वयं मात्र लाभान्वित नभई घरपरिवारका सदस्य, विद्यालयमा विद्यार्थीहरु र मुख्य समस्यामा रहेकाहरूलाई भावनात्मक सहयोग प्रदान गर्दै, विद्यार्थीहरुको मनोसामाजिक स्वास्थ्यमा सहयोग पुग्ने र अन्ततोगत्वा यसले विद्यार्थीहरुको सिकाई उपलब्धिमा समेत फाईदा पुग्ने बागमती सेवा समाजका परियोजना संयोजक प्रमेश बादेले जानकारी दिए ।

तालिममा पर्सा गाउँपालिका र हरिपूर्वा नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयका करिब २४ जना शिक्षकहरुको सहभागिता छ । तालिममा वरिष्ठ मनोविद विनोद पौडेले प्रशिक्षण गरेका छन् ।तालिममा सहभागीलाई विभिन्न किसिमका अभ्यास, खेल, प्रशिक्षण,घट्ना छलफल विधिबाट सिकाइने प्रशिक्षक पौडेलले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.