३ आश्विन २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
दिप प्रजवलन गरि संविधान दिवस मनाइयो – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारस्थानीय

दिप प्रजवलन गरि संविधान दिवस मनाइयो

सर्लाही,३ असोज । सर्लाहीको ईश्वरपुर वडा नं १० मा दिप प्रजवलन गरि संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइएको छ ।

वडा स्तरिय बाल अधिकार समिति वडा नं. १० र ११ काे संयुक्त आयोजनामा ईश्वरपुर नगरपालिकाकाे वडा कार्यालयमा दिप प्रजवलन गरि दिवस मनाइएको छ ।

वडा नं. १० का वडा स्तरिय बाल अधिकार समितिकाे संयाेजक राश नारायण चाैधरीकाे अध्यक्षतामा संविधान दिवस मनाइएको थियाे ।

संविधान दिवसको अवसरमा वडा नं. ११ का संयाेजक रामपुकार चाैधरी, दुईटै वडाका समितिका पदाधिकारी, बाल क्लवका पदाधिकारीहरु र ग्रामिण नारी उत्थान संघका फिल्ड सुपरभाइजर राम विश्वास चाैधरी तथा समुदाय परिचालक गीता कुमारी शर्माकाे उपस्थितिमा संविधान दिवस मनाइएको थियो ।

त्यस्तै संविधानका बारेमा वक्ताहरुले आआफ्ना भनाईहरु राखेका थिए भने एकअर्कामा शुभकामना आदानप्रदान समेत गरेका थिए ।

कार्यक्रम संचालक वडा स्तरिय बाल अधिकार समितिका सचिव प्रमेन्द्र कुमार चाैधरीले संचालन गरेकाे थियाे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.