११ आश्विन २०८१, शुक्रबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सम्पूर्ण दलितलाई आवासको व्यवस्था गर्नुपर्ने माग गर्दै दलित मोर्चा संघर्षमा – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचार

सम्पूर्ण दलितलाई आवासको व्यवस्था गर्नुपर्ने माग गर्दै दलित मोर्चा संघर्षमा

रौतहट । आम जनता पार्टी (आजपा) निकटको आम दलित मोर्चाले दलित समुदायको आवास निर्माणको भईरहेको ढिलासुस्ती एवं मनोमानीका बिरुद्धमा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

रौतहटको चन्द्रपुरमा आज बसेको आम दलित मोर्चाको केन्द्रीय कमिटीको बैठकले बिभिन्न माग गर्दै संघर्षमा उत्रिने चेतावनी दिएको हो । दलित मोर्चाले बिभिन्न माग गर्दै सरकारको पटक पटक ध्यानाकर्षण गराउदा समेत कुनै सुनुवाई नगरिएपछि संघर्षमा उत्रिन बाध्य भएको जनाएको छ ।

गरिब दलित समुदायको आवास निर्माण नगरिएको, निर्माण सुरु भएको घर अधुरो नै छोडिएको, निर्माण भएका केही घरको भुक्तानी नगरिएको, सरकारी निकायबाटै ढिलासुस्ती एवं मनोमानीका साथै अनियमितता भएको मोर्चाको निष्कर्ष रहेको छ । यस बारेमा दलित मोर्चाले प्रधानमन्त्री केपी शर्मा ओली, मधेस प्रदेशका मुख्यमन्त्री सतीस सिंह लगायतकाको ध्यानाकर्षण गराएको तर कुनै सुनुवाई नभएको दलित मोर्चाका केन्द्रीय अध्यक्ष ठागा दासले जनाएका छन् ।

‘मधेस सरकारले जनता आवास कार्यक्रम, सुरक्षित आवास निर्माण कार्यक्रम, महेन्द्रनारायण निधि आवास निर्माण कार्यक्रम ल्यायो तर पनि हामी दलित समुदायको घर निर्माण हुन सकेन् । अहिले फेरी मधेस सरकारले मदन भण्डारी आवास निर्माण कार्यक्रम ल्याएको छ । आयोजनाको नाम परिवर्तन हुन्छ तर हाम्रो घर निर्माण हुदैछ । हाम्रो नाममा लुटने काम सरकारले गरिरहेको छ’ मोर्चाका अध्यक्ष दासले भने ।

गरिब दलित परिवारको सरकारले पटक पटक गरी बिभिन्न नामको आयोजना ल्याए पनि गरिब दलितहरुको घर निर्माण नभएकोमा उनले आक्रोश व्यक्त गरे । मधेस प्रदेशमा हजारौं दलित परिवार घरबार बिहिन छन् । उनीहरुको जिवन कष्टकर रहेको छ । चर्को गर्मी होस्, चिसो तथा बरसातको समयमा उनीहरु कष्टकर जिवन बाच्नुपर्ने अवस्था रहेको उनले बताए ।

‘भ्रष्टाचारीलाई कारवाही गर्नुपर्ने र हाम्रो घर निर्माण हुनुपर्ने हाम्रो माग हो । नाम जे राखे पनि हाम्रो घर निर्माण हुनुपर्ने हाम्रो माग हो । हाम्रो घर पनि निर्माण नहुने र हाम्रै नाममा लुटने काम भईरहेकाले सरकारले हाम्रो माग सम्बोधन नगरेपछि बाध्य भएर हामी आन्दोलनमा उत्रिनुपरेको छ’ मोर्चाका अध्यक्ष दासले भने ।

दलित मोर्चाका अनुसार सम्पूर्ण गरिब दलितलाई आवासको व्यवस्था गर्नुपर्ने, आवास निर्माणको रकम फ्रिज गराउनेलाई करवाही गर्नुपर्ने, दलितहरुलाई सिप विकास तालिम र रोजगारको व्यास्था सुनिश्चितता गर्नुपर्ने, जातीय छुवाछुत र विभेद गर्नेहरुलाई दण्डित गर्नुपर्ने, निर्माणाधिन घर निर्माणको कार्य छिटो पुरा गर्नुपर्ने, कमिशनको लागि भुक्तानी रोक्नेलाई कारवाही गर्नुपर्ने, आवास निर्माणमा भैरहेको अनियमिता एवं भष्टचारको छानबिन गर्नुपर्ने, आवास निर्माणको खर्च पारदर्शी एवं सार्वाजनिक गर्नुपर्ने लगायतका माग मोर्चाले गरेको छ ।

‘संविधानमै मौलिक हकको रुपमा सुनिश्चित आवासको हकमा राज्यले विनियोजन गरेको अरबौं रकम जनता आवास र सुरक्षित आवास निर्माण कार्यलाई मुख्यतः प्रदेश सरकार सहितको सरोकारवाला निकायले प्रभावकारी रूपमा अगाडी बढाउनुकोसट्टा यसमा चरम दुरुपयोग एवं भ्रस्टाचार गरीरहेको छ’ अध्यक्ष दासले भने, ‘आम दलित जनसमुदायको हकअधिकारका लागी यस्ता भ्रष्टाचारीलाई कारवाही गर्नुपर्छ । हामीले प्रदेश सरकार र केन्द्रीय सरकार दुवैलाई अनुरोध गरेका छौं । दलित गरिब परिवारको आवास निर्माणमा भएको भ्रष्टाचारको छानबिन गरी दोषीलाई यथासिघ्र कारावही गर्नुपर्छ ।’

दलित गरिब परिवारका व्यक्तिको घर निर्माण, त्यसको भुक्तानी तथा घर निर्माणलाई पूर्णता दिनुपर्ने माग गर्दै आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले संसददेखी सडकसम्म आवाज उठाउँदै आएका छन् । साथै उनले दलित आवास आयोजना निर्माणमा भईरहेको भ्रष्टाचारको छानबिन गरी दोषीलाई कारवाही गर्नुपर्ने माग समेत गर्दै आएका छन् ।

आम दलित मोर्चाका केन्द्रीय अध्यक्ष ठागा दासको अध्यक्षतामा बसेको बैठकमा आजपाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह, उपाध्यक्ष समिना हुसेन, अशोक लामा, महासचिव त्रिभुवन साह, उपमहासचिव सियाराम कुशवाहा, मधेश अध्यक्ष उमेश कुशवाहा लगायतका नेताहरुको विशेष सहभागिता रहेको आजपा केन्द्रीय सदस्य एवं मधेस प्रदेशका प्रवक्ता हेमप्रसाद साहले जनाएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please off your AdBlocker.