२० फाल्गुन २०८०, आईतवार | Email:- [email protected] | [email protected]
हुमागाईंको अध्यक्षतामा १०१ सदस्यीय आजपाको जिल्ला कमिटी गठन – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

हुमागाईंको अध्यक्षतामा १०१ सदस्यीय आजपाको जिल्ला कमिटी गठन


सर्लाही ।आम जनता पार्टी (आजपा) को सम्पन्न सर्लाही जिल्ला भेलाले तुलसी प्रसाद हुमागाईंको अध्यक्षतामा १०१ सदस्यीय जिल्ला कमिटी गठन भएको छ ।

ईश्वरपुर नगरपालिकाको व्यलबासमा भएको भेलाको उदघाटन आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले गरेका थिए । भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले पार्टीको कमिटीहरु पालिका, वडा स्तरमा गठन, पुर्नगठन गर्न निर्देशन दिए ।

आजपा महासचिव उपेन्द्र साहका अनुसार सर्लाहीको जिल्ला इन्चार्जमा दिपक कुमार रानाभाट रहेका छन् । कमिटीको अध्यक्षमा तुलसी कुमार हुमागाईं र उपाअध्यक्षमा सुरेश राय यादव, गंगा भण्डारी, प्रमोद साह रहेका छन् । सचिवमा नविन साह रहेका छन् ।

यसैगरी जिल्ला सदस्यहरुमा हरी सापकोटा, सिताराम मण्डल, राजाराम चौधरी, बालेश्वर महतो, लक्षमण यादव, उमेश पासवान, अमण यादव, सिकल देवी , राजकली देवी यादव , कृषनदन साह, पलट महतो, कविराज उप्रेती, सविना माझी, लालबाबु ठाकुर, फतिमा खातुन, उदय पंडित, संतोष बराल,लखन महतो, शिवनारायण चौधरी, किशोरी साह
लगायतका रहेका आजपा महासचिव उपेन्द्र साहले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.