१२ आश्विन २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
पुर्व मन्त्री पाण्डेको सम्झनामा शोक सभा तथा श्रद्धाञ्जी कार्यक्रम गरियो – Nigrani Today
ताजा खबरप्रदेश २राजनीतिसमाचारसमाजस्थानीय

पुर्व मन्त्री पाण्डेको सम्झनामा शोक सभा तथा श्रद्धाञ्जी कार्यक्रम गरियो

सर्लाही,२३ जेठ । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा पुर्व महिला बालबालिका तथा समाज कल्याण राज्य मन्त्री मिना पाण्डेको सम्झनामा शोक सभा तथा श्रद्धाञ्जी कार्यक्रम गरिएको छ ।

नेपाली काँग्रेसका नेता महेन्द्र साहको सहयोग,नेपाली काँग्रेस चन्द्रनगर ३ वडा समितिको आयोजना तथा वडा समितिका सभापती भिखारी महतोको अध्यक्षतामा आज बडकुर्वामा शोक सभा तथा श्रद्धाञ्जी कार्यक्रम गरिएको छ ।

नेपाली कांग्रेसका पुर्व केन्द्रिय सदस्य समेत रहनु भएकी पाण्डेको ज्येष्ठ १६ गते निधन भएको् थियो । पाण्डे एउटा कुशल नेतृ तथा चन्द्रनगरमा विकास निर्माण कार्यमा उहाँको उल्लेख्य योगदान भएको नेपाली कांग्रेस जिल्ला कार्य समिति सदस्य मरनी देवी साह रौनियारले बताइन ।

कार्यक्रममा प्रमुख अतिथि पुर्व मन्त्री शम्भुलाल श्रेष्ठ,अतिथिहरुमा क्षेत्र नं. १ का पुर्व सभापती प्रमोद बराल,चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतो,महाधिवेशन प्रतिनिधि रामबाबु साह, नेपाली कांग्रेस प्रदेश समिति महेन्द्र राम, नेपाली कांग्रेसका नेता देवनारायण महतो लगायत अन्य विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.