१९ आश्विन २०८१, शनिबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
पानीले डुबायो धान खेत, हिलाम्मे बने गराहरु – Nigrani Today
Musical Night Live show Enjoy!
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

पानीले डुबायो धान खेत, हिलाम्मे बने गराहरु

भक्ती रिजाल 

सर्लाही ।अत्याधिक वर्षा र डुबानले पाक्न लागेको धान बालीमा क्षती पुगेको छ । केही दिन अगाडी भएको अत्याधिक वर्षा र भेल बाढीका कारण पाक्न लागेको धान बालीमा ठूलो असर परेको हो ।

हजरियाका किसान राजन बस्नेत भन्छन् – “पाक्न लागेको धान बालीलाई  पानी र हावाले ढालिदिएको छ । धानका बाला हिलोमा लत्पतिएका छ्न् । दशैंमा भण्डारण गर्नु पर्ने धान बाली उझाड बन्यो, अब दशैं के गरि मनाउने होला ?

यो बर्षाले गर्दा भदैया धान बालीमा धेरै क्षती पुगेको हरिवनका किसान प्रकाश लुइँटेल बताउंछन्  ।

जिल्लाका हजरिया, मानपुर, मुर्तीया, राजघाट लगायतका धेरै स्थानका धान बालीमा क्षती पुगेको बताइएको छ । मध्य असोजमा परेको पानीले किसानको खुसी लुटेको बताइएको छ  ।

रौतहटका किसान पान्डब किङरिङ मगर भन्छन् -” आफ्नो पनि काट्ने बेला भैसकेको धान बाली बर्षाका कारण हिलोमा डुब्यो, सम्हाल्ने स्थिति नै छैन, दशैं कसरी मान्ने होला भन्ने चिन्ता बढेको छ ।

अप्रत्याशित रुपमा परेको पानीले भदैया धान, मंसिरे धान तथा उखु बालीलाई  पनि क्षती पुर्याएको छ ।

कतिपय स्थानमा उखु बाली लडाएको छ भने तरकारी बालीमा पनि क्षती पुर्याएको किसानहरुले बताएका छन्  ।

https://nigranitoday.com/wp-content/uploads/2024/09/WhatsApp-Image-2024-09-26-at-20.00.30-1.webp

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button